नेपालमा मध्यरातमा भूकम्प जाँदा कम्तीमा १७७ को मृत्यु, दर्जनौं घाइते

SHARE:

काठमाडौं ४ नोभेम्बर २०२३ । नेपालमा मध्यरातमा भूकम्प जाँदा कम्तीमा १७७ को मृत्यु, सयौं घाइते भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा रुकुम, जाजरकोटमा गरी १७७ जनाको मृत्यु भएको हो । जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए ।

जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत् सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ ।

यस्तै भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म ८५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको छ । उनका अनुसार हालसम्म ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट¬–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिए । भूकम्पका कारण सानिभेरी गाउँपालिकाको वडा नं १ मा पर्ने पक्कीपुलमा क्षति भएकाले उद्धारमा भएको समस्या भए पनि अहिले सहज बनाइएको आठबीसेकोट नगरपालिकाका प्रमुख रवि केसीले बताए । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!