नेपालका भूकम्पपीडितको लागि २१ लाख सहयोग गर्ने एनआरएनए शर्मा पक्षको घोषणा

SHARE:

लन्डन ४ नोभेम्बर २०२३ । नेपालमा शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा प्रभावितहरुलाई राहत र उद्धारका लागि गैर आवासीय नेपाली संघ आरके शर्मा पक्षले २१ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष राजेन्द्रकुमार शर्मा आरके र महासचिव बुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारी राहत कोषमा एनआरएनए अभियन्ताबाट संकलन गरिएको २१ लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन् । संघका केही पदाधीकारी आजै र अध्यक्ष शर्मा राहत तथा चिकित्सकसहित आइतबार त्यसतर्फ जाने पनि बताएका छन् ।

जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै घाइते भएकाहरुको उद्धार तथा राहतका लागि सरकारले अहिले गरिरहेको कार्यको प्रशंसा पनि गरिएको छ ।

एनआरएनएले यस दु;खको घडीमा सबैले आ-आफनो ठाउँबाट साथ र सहयोग गर्न पनि अपिल गरेको छ । शनिबार अपराह्नसम्म भूकम्पबाट १४३ जनाको ज्यान गइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!