राहत वितरणका लागि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान

SHARE:

लण्डन ५ नोभेम्बर २०२३ ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको भूकम्पका पिडतहरुलाई नगद राहत वितरण तथा स्थलगत अध्ययनका लागि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

कमिटीका सचिवालय सदस्य डा. बिमला भण्डारीको नेतृत्वमा एक टोली नगद राहत सहयोग लिएर राहत वितरण तथा स्थलगत अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो । डा. भण्डारीको नेतृत्वमा प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष सिर्जना नेपालीसहित नेपालमा उपलब्ध मञ्चका अन्य साथीहरूको टोली र गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का नवनिर्वाचित अध्यक्ष डा. बद्रि केसी, महासचिव गौरी जोशी लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा आइतबार नै प्रस्थान गरेका हुन् ।

मञ्चले भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनका लागि समग्र प्रवासी नेपाली मञ्चका तर्फबाट ५ लाख र प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी इजरायलको तर्फबाट १ लाख गरी कुल ६ लाख रुपैयाँ गैरआवासीय नेपाली संघ मार्फत सहयोग गर्ने निर्णय गरेको छ । स्थलगत अध्ययन पश्चात प्रवासी नेपाली मञ्च आफैँले आवश्यक थप सहयोगका लागि पहल गर्ने मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

शुक्रबार राति ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्पबाट पीडितहरूलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम जारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!