मगरहरूको संस्कार सम्बन्धी प्रशिक्षण कार्यक्रम लण्डनमा सम्पन्न

SHARE:

लण्डन ६ नोभेम्बर २०२३ ।

मगरहरूको जन्म देखि मृत्यु सम्मको संस्कार सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम लण्डनमा सम्पन्न भएको छ ।

मगर बौद्ध समाज बेलायतको आयोजनामा ४ नोभेम्बर २०२३ शनिवारको दिन रोयल बृटिश लाइजेन, साउथ ह्यारो, लण्डनमा टिका दर्लामी मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मंगल बुद्ध विहार बेलायतका अधिपति श्रद्धेय भिक्षु इन्द्रसक भन्ते , बरिष्ठ वापा तुल्से थापा मगर , मगर संघ यूकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार थर्क राना मगर , मगर महिला संघ यूकेकी संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमाली राना मगर, मगर बौद्ध समाज बेलायतका संस्थापक अध्यक्ष तथा सल्लाहकार कृष्ण दर्लामी मगर लगायत मगर संघ यूकेका बिभिन्न शाखा समितिका मगर अग्रजहरू र पुराना तथा नयाँ वापारमापा ज्यूहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षकको भूमिकामा गजवीर थापा मगर रहेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव घन पुन मगरले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!