वेल्सको ड्रला जोङ्ग रिट्रिट सेन्टरका धर्मगुरु न्याक च्याङ्ग रिन्पोछे पुगे बीसीसी यूकेमा

SHARE:


लण्डन ९ नोभेम्बर २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र वेल्सस्थित ड्रला जोङ्ग रिट्रिट सेन्टरका धर्मगुरु हिज इमिनेम्स न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट भएको छ ।

गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा उक्त भेटघाट भएको हो । भेटघाटमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले हिज इमिनेन्स च्याङ्गलगायतको टिमलाई स्वागत गर्दै बीसीसी यूकेको स्थापना, यसले गर्दै आएको विभिन्न धार्मिक कर्मकाण्ड एवं परोपकारी कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

भेटघाटमा हिज इमिनेम्स च्याङ्ग रिन्पोछेले ड्रला जोङ्ग रिट्रिट सेन्टरको बारेमा जानकारी गराउँदै रिट्रिट सेन्टर हाल प्लानिङ्ग पर्मिशनको लागि आवेदन गरिएको बताए । त्यस्तै, बीसीसी यूकेको तर्फबाट अध्यक्ष हर्क बहादुर गुरुङलगायतले निकट भविश्यमा दुवै संस्था मिलेर विभिन्न महत्वपूर्ण कार्यहरु गर्न सकिने विश्वास व्यक्त गरे । सो क्रममा बीसीसी यूकेको टिमले आगामी बसन्तमा रिट्रिट सेन्टरको भ्रमण गर्ने तय भएको बीसीसी यूकेले जनाएको छ।

रिट्रिट सेन्टरका हिज इमिनेन्स च्याङ्ग रिन्पोछेसहित ४ जनाको टोलीलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी परिवारले खादा लगाई गुम्बामा स्वागत गरिएको थियो । सो क्रम च्याङ्ग रिन्पोछेले गुम्बा दीप प्रज्ज्वलन, शाक्यमुनी बुद्धको प्रतिमा र छोर्तेनमा दर्शन गरेका थिए ।

भेटघाटमा बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, ट्रष्टीज डा. कपिल रिजाल, महासचिव मेजर हितमान गुरुङ, आमा उपप्रमुख जगना गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!