एनआरएनएले गर्‍यो पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको निर्णयको स्वागत

SHARE:

काठमाडौं १० नोभेम्बर २०२३ ।

पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने नेपाल सरकारले निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले यसको यस्तो निर्णयले त्यहाँ रहेका २० हजार नेपालीले राहत पाउने जनाएको छ । सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाका लागि संघले सरकारसँग माग गर्दै आएको र अहिले दूतावास स्थापनाको निर्णय हुनु स्वागत योग्य भएको संघले जनाएको छ ।

संघले सबै युरोपेली क्षेत्रीय बैठकमा संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँ रहेका २० हजारभन्दा बढी नेपालीहरुले राहत महसुस गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

पोर्चुगलमा दूतावास नहुँदा त्यहाँ रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास संघले लिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!