काठमाडौं १२ नाभेम्बर २०२३ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बर्दघाट सुस्ता पूर्वकै बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, कावासोती बस्ने १७ वर्षीय अस्विन गैह्रे, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०–४५ वर्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
जीपमा सातजना सवार थिए । जीप अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किएको थियो ।






