लण्डन १६ नोभेम्बर २०२३ ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानको आयोजनामा बृहत् अन्तरक्रिया तथा ऐक्यबद्दता भेला हुने भएको छ ।
आगामी शनिबार २५ नोभेम्बरमा बेलायतमा लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रम अल्डरसटको एम्पायर हलमा दिउँसो १२ देखि सुरू हुने थर्क रानाले जनाए ।
कार्यक्रममा विभिन्न गोर्खा नेपाली संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, कानुनी सल्लाहकार, पत्रकारसहितको उपस्थिति हुनेछ । ब्रिटिस गोर्खाहरूले नेपाली सरह नागरिकताको माग कायमै राखेका छन् ।






