लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूकेको सहभागिता

SHARE:

लण्डन । लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूके पनि सहभागी भएको छ । गत १२ नोभेम्बर आइतबार क्वीन एलिजाबेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा रिमेम्बरेन्स सर्भिस तथा परेड भएको हो ।

उक्त समारोहमा ब्रिटिश आर्मी, एअरफोर्स र नेभी क्याडेट्स, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिश लिजन वेम्बली तथा सडबरी ब्रान्चका सदस्यहरु, स्काउट, बिजिएनए तथा अन्य संघसंस्थाका प्रतिनिधि र रेजिमेन्ट ब्रास ब्यान्डसहित तमु समाज यूके आवद्द गोर्खा सैनिक भेट्रानहरु पनि परेडमा सहभागी भए।

डेपुटी लेप्टिनेन्ट मिइ सिम लाई ‘ओबीइ’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ब्रेन्टका, वारसीपफूल मेयर ओरलिन हिल्टन, ब्रेन्ट काउन्सिल लिडर काउन्सिलर मोहमद बट, बेलायती सांसदद्वय बेरि गार्डिनर लगायत अन्य विशिष्ट ब्यक्तित्वहरु उपस्थित रिमेम्बरेन्स सर्भिसमा ब्रेन्टका विभिन्न संघसंस्था तथा नागरिकको पनि उल्लेख्य उपस्थिति थियो।

डिन अफ ब्रेन्ट, फादर एन्ड्रयु टेथरले सन्चालन गरेको रिमेम्बरेन्स सर्भिसमा डेपुटी लेप्टिनेन्टको निवन्ध प्रतियोगिता २०२३ मा प्रथम तथा द्वितीय स्थान हासिल गरेका उत्कृष्ट रचना विधार्थीले वाचन गरेका थिए । राष्ट्रका लागि विभिन्न युद्धमा जीवन बलिदान गरेका वीर योद्धाहरुको सम्झनामा प्रार्थना गरि ट्रम्पेट लास्ट पोस्ट धुन, एक मिनट मौनधारण, ट्रम्पेट रेभाली धुन तथा बेलायतको राष्ट्रिय धुन बजाइएको थियो।

रिमेम्बरेन्स सर्भिसमा प्रमुख अतिथिले मन्तब्य राखेपछि प्रमुख आतिथि, ब्रेन्टका मेयर लगायत उपस्थित विशिष्ट ब्यक्तित्वहरु र ब्रेन्टका बिभिन्न संघ संस्थाका प्रतिनिधिले बरहाम पार्कस्थित युद्ध स्मारकमा रिथ अर्पण गरे ।

तमु समाज यूकेको तर्फबाट अध्यक्ष शिव कुमार गरुङले रिथ अर्पण गरेका थिए। अन्तमा ब्रास ब्यान्ड धुनसहित परेड मार्चपास्ट गरि ब्रेन्ट सिभिक रिमम्बरेन्स सर्भिस आईसमापन गरिएको थियो।

दिउसो २ बजे आरम्भ भएको कार्यक्रम समापनपछि तमु समाज यूकेले प्रमुख अतिथि तथा कार्यक्रममा सहभागी ब्रेन्ट काउन्सिलका विशिष्ट ब्यक्तित्वहरुको सम्मानमा बरहाम पार्क स्थित आफ्नै सामाजिक भवनमा ‘करी लन्च’ आयोजना गरेको थियो ।

करी लन्चमा प्रमुख अतिथि डेपुटी लेप्टिनेन्ट मिइ सिम लाई ‘ओबीइ’, ब्रेन्टका मेयर काउन्सिलर अब्दी अडेन, काउन्सिल लिडर काउन्सिलर मोहमद बट, सांसदहरु बेरि गार्डिनर, डवन बटलर लगायत स्थानीय काउन्सिलरहरु, विशिष्ट ब्यक्तित्व तथा रिमेम्बरेन्स सर्भिसमा सहभागी तमु समाज यूकेका अध्यक्ष, संस्थापक अध्यक्ष, कार्यसमिति पदाधिकारी, सल्लाहकारहरु, सदस्यहरु, आमा दिदिबहिनीहरु सरिक भएका थिए।

महासचिव धरम बल गुरुङले उपस्थित सबैलाई ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराउंदै अतिथिहरुको स्वागत र आसन ग्रहण गराएपछि अध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तब्यसहित संस्थाको संक्षिप्त परिचय तथा गतिविधिबारे अवगत गराएका थिए भने अतिथिहरु लाई जलपान र खाना पिनाको हेरबिचर ऊप अध्यक्ष बिन्दु घले, फ़र्स्ट लेडी मिना गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहाका दिदी बैनींहरुले गरेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डेपुटी लेप्टिनेन्ट मिइ सिम लाई ‘ओबीइ’, मेम्बर अफ पार्लियामेन्टका माननीय सांसद बेरि गर्डिनर, ब्रेन्टका मेयर काउन्सिलर ओरलिन हिल्टन, काउन्सिल लिडर काउन्सिलर मोहमद बट, त्यसैगरी काउन्सिल का चिफ़ एक्सीक्युतिव किम राईंट र काउन्सिलर पाउल लोरबरले मन्तब्य राखेका थिए ।

मन्तब्यका क्रममा अतिथीहरुले ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूकेको सहभागिता र समाजले गरेको सामाजिक तथा परोपकारी कार्यहरुको खुलेर प्रशंसा गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!