‘विषाक्त’ कार्य संस्कृतिको दावीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता

SHARE:

लण्डन १७ नोभेम्बर २०२३ ।

बेलायतको रक्षा मन्त्रालयले शुक्रबार दर्जनौँ वरिष्ठ महिला कर्मचारीहरूले मन्त्रालयभित्र ‘शत्रुतापूर्ण’ र ‘विषाक्त’ वातावरण तथा यौन दुर्व्यवहार र उत्पीडनको गुनासो गरेपछि ‘कारबाही’ गरिरहेको बताएको छ ।

दि गार्जियन अखबारका अनुसार मन्त्रालयको मुख्यालय तथा अन्य स्थानमा नागरिक भूमिकामा काम गर्ने करिब ६० महिलाले गत महिना आफ्ना शीर्ष निजामती कर्मचारीलाई पत्र लेखर गुनासो गरेका थिए । कथित अनुभवहरूको बेनामी साक्षीहरूसँगै पत्रमा महिला कर्मचारीहरूलाई पुरुष कर्मचारीहरूद्वारा प्रस्ताव गरिएको, जबरजस्ती छोएको र बारम्बार छोएको दाबी गरिएको थियो ।

“हामीले उठाइएका गम्भीर मुद्दाहरूको सम्बोधन गर्न कारबाही गरिरहेका छौँ”, गार्जियनको समाचारपछि बेलायतको सबैभन्दा ठूलो सरकारी विभागमध्येको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “कुनै पनि महिलालाई असुरक्षित महसुस गर्न दिनुहुँदैन, यो व्यवहार सह्य हुनेछैन, हामी यस्तो किसिमको अक्षम्य व्यवहार अनुभव गरेको वा देखेको जो कोहीलाई तुरुन्तै रिपोर्ट गर्न प्रोत्साहित गरिरहने छौँ ।”

यो दाबी मुख्य बेलायती प्रतिष्ठानमाथि यौन उत्पीडन र अन्य विषाक्त कार्य अभ्यासको नवीनतम आरोप हो । संसद्, लन्डनको मेट्रोपोलिटन प्रहरी र अन्य बल तथा ब्रिटिस उद्योग परिसङ्घ (सिबिआई) मा काम गर्ने महिला कर्मचारीहरू हालैका वर्षहरूमा गम्भीर गुनासो लिएर आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!