बेलायती राजदूतावासमा समीक्षा सम्मेलन : नेपालको विकासमा सक्दो सहयोग जारी रहने राजदूतको भनाइ

SHARE:

काठमाडौँ २२ नोभेम्बर २०२३ ।

नेपालको आर्थिक र सामाजिक विकासमा बेलायत र नेपालका गैरसरकारी क्षेत्रको सहकार्यमा भएका कार्य र उपलब्धिबारे बुधबार काठमाडौँस्थित बेलायती राजदूतावासमा समीक्षा सम्मेलन गरिएको छ ।

नेपाल–बेलायत गैरसरकारी सञ्जाल ९ब्राङ्गो० को आयोजनामा भएको उक्त सम्मेलनमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सय वर्ष पुगेका अवसरमा गैरसरकारी क्षेत्रबाट पनि सशक्त र प्रभावकारी सामाजिक परिवर्तन भएको निचोड निकालिएको छ ।

उक्त सञ्जालअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा हिमाल, पहाड र तराई क्षेत्रमा भएका गतिविधि र नवप्रवर्तनबारे सम्बन्धित संस्था, अभियन्ता र विज्ञहरुबाट भएका काम र प्रभावको लेखाजोखा गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले नागरिक क्षेत्रबाट दुवै देशमा भएका सकारात्मक परिवर्तनको प्रशंसा गर्दै नेपालको विकासमा बेलायतको सक्दो सहयोग र सहकार्य जारी रहने बताए । ब्राङ्गोका अध्यक्ष निक हिन्टनले सहकार्य र सेवा विस्तारका लागि उक्त सञ्जालको अवधारणा आएको र यसबाट सकारात्मक परिवर्तनमा भूमिका निर्वाह भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!