
सन्जय सिंजाली मगर
काठमाडौं – नेपाल मगर युवा संघ रुपन्देही ले तिहारको छेकोमा बलिहाङ
तिहार-२०८० हर्षोल्लासका साथ सिद्धबाबा पार्टी प्यालेसमा मनाएको छ । सदा झै यस बर्ष पनि देउसी फईलो कार्यक्रम गरेर मनाएको हो ।
कार्यक्रमका बिशेष अतिथि नेपाल मगर संघ केन्द्रिय महासचिव कमल थापा मगर, प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर बिरकट्टा मगर, राजनितिक बिज्ञ डा. लाल बहादुर राना मगर, नेपाल मगर संघ रुपन्देही का सचिव थर्क बारघरे मगर रहनु भएको छ ।
सो कार्यक्रम उद्घाटन प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर बिरकट्टा मगरले पानसमा बत्ति बालेर, प्रथम शहिद लखन थापा मगरको सम्झनामा एक मिनेट मौनधारण गरि कार्यक्रम अघि बढेको थियो ।
मन्तव्यको क्रममा राजनितिक बिज्ञ डा.लाल बहादुर राना मगरले नेपालको सन्दर्भमा बास्तवमा कम्युनिष्ट नै छैन् भनेका छन् । नेपाल जातजति ले भरिपूर्ण भएको देशमा लोकतान्त्रीक पद्धतिको बिकल्प नरहेको बताए । अब देशमा समृद्धि र लोकतान्त्रीक गणतन्त्र, समानता, र धर्मनिरपक्षता पद्धती लाई सन्तुlलन ल्याउन मगरहरुले प्रधानमन्त्रि राष्द्रपति बन्न होडबाजी गर्न आवश्यक रहेको ठानेका हुन् ।
मगरको पर्व लोप हुँदै गएको मा रुपन्देही मगर संघ का सचिव थर्क बारघरे मगर बडो चिन्तित भएका छन्। यसरी पर्व लोप भएमा मगर समुदायको अस्तित्व माथि नै ठाडो चुनौति आईपर्ने बताए । अबको बिकल्प भनेको मगर एकता र बिश्वास मा बाधिनु बिकल्प नै ठोस परिणाम हो । चाडपर्व लाई लक्षित गरेर यसको पूर्ण संरक्षण गर्न, मगर संघ का यूवाहरु हतेमालो गर्दै जानु पर्नेमा जोड् दिएका थिए । राज्यले मगर समुदायलाई अधिकार माथि बञ्चित मात्र गरेन भाषा, धर्म, संस्कार र पर्व लाई पनि ठुलो बिभेद गर्दे आएको छ, जुन उदाहरण दशै लाई आधार मान्न सकिने बताए । मगरले देशका निम्ति ४०० बर्ष देखि योगदान दिदै आईरहेको छ, तर राज्यले दशैका लागि १५ दिन सम्म बिदा दिदा अन्य जातिको पर्वमा सम्मान बिदाको ब्यवस्था गर्न किन नमिल्लने ? यसमा राज्यको ध्यानकर्षण हुन आग्रह गरेका थिए ।
समापन मन्तव्य बोल्दै दल बहादुर बिरकट्टा मगरले धर्म संस्कार र पद्धति को चर्चा गर्नु भएको थियो । मगरहरु सोझो पनि धेरै सोझो भएरै हो, चेतना स्तर नबढ्नुको एक प्रमुख कारण । आज भोली युवायुवतीहरु मगर को धर्म संस्कार बारे फिटिक्कै थाहा छैन्। मगरको ईतिहास संरक्षण र प्रबद्धन गर्नु पर्छ भनेर जति चेतना दिए पनि नहुन भयो भन्दै बिश्लेषण गर्नु भएको थियो । त्यसै क्रममा जाजरकोटमा भूकम्प पिडितहरु लाई शिघ्र रुपमा राहत बितरण गर्न नेपाल मगर यूव संघ, रुपन्देही परिवारलाई आग्रह गर्नु भयो ।
नेपाल मगर युवा संघ, रुपन्देही लाई सहयोग गरे बापत नेपाल मगर भू.पू. सैनिक तथा प्रहरी संघका उपाध्यक्ष लुम बहादुर थापा मगर र समाजसेवी प्रेम गलामी मगर लाई नेपाल मगर संघका सह अध्यक्ष तथा बिशेष अतिथि दल बहादुर बिरकट्टा मगरले शिल्ड र दोसल्ला सुम्पिएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रमका सभा अध्यक्ष हेमन्त बुढाथोकी मगर को अध्यक्षतामा भएको थियो भने सञ्चालन संघका सचिव नामखन आले मगरले गर्नुभयो ।









