ग्रेटर रसमूर नेपाली कम्युनिटी यूकेको अध्यक्षमा मान र लीला

SHARE:

लन्डन २६ नोभेम्बर २०२३ । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षमा मान गुरुङ र लीला सेलिङ माबो चयन भएका छन् ।

अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको वार्षिक साधारणसभाबाट आलोपालो नेतृत्व गर्नेगरी अध्यक्षमा दुई जना चयन भएको हो । प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङका अनुसार उनीहरुले १८/१८ महिना कार्यभार सम्हाल्नेछन् । जीआरएनसीको विधान संशोधन गरेर दुई वर्षको कार्यकाललाई तीन वर्ष बनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि अध्यक्ष थिए भने माबो उपाध्यक्ष थिइन् । नयाँ कार्यसमितिको पहिलो १८ महिनाको कार्यकाल मानले सम्हाल्नेछन् । नयाँ कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला), उत्तर गुरुङ, डा.विशाल गुरुङ र जीत मेन्याङ्बो चयन भए । यस्तै महासचिवमा सुशीला मगर चयन भइन् भने सचिव सुनील राना बनेका छन् । कोषाध्यक्षमा श्याम श्रेष्ठ, सहकोषाध्यक्षमा सुमन पुन छन् । मिडिया सेक्रेटरीमा मिलन तमु चयन भएका छन् ।
सदस्यहरुमा गोमा राना, हेमकुमार गुरुङ, नारायण गिरीलगायत छन् । कल्चर सेक्रेटरी, स्पोर्ट्स सेक्रेटरीलगायत खाली पदपूर्ति कार्यसमितिले नै गर्ने निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

निर्वाचनका लागि एकेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जसमा क्या.रि. महेन्द्र लिम्बू, रन्जिता मल्ल, वाचस्पती रेग्मी र आसबहादुर गुरुङ थिए ।

नयाँ कार्यसमिति घोषणाअघि भएको औपचारिक कार्यक्रम संस्थापक कार्यकारी अध्यक्ष रामचन्द्र गुरुङ र वर्तमान अध्यक्ष मान गुरुङले उद्घाटन गरेका थिए । उपाध्यक्ष उत्तरबहादुर गुरुङ स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन सचिव सुशीला थापाले प्रोजेक्टलगायत रिपोर्ट प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरु हलबाट पारित गरिएको थियो । कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!