
धन बहादुर सार्की – बेलायत
गत सनिवार २५ नोभेम्बर २०२३ का दिन नेपाली वेलफेयर सोसाईटी युकेको अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशन Cranford Community College, Cranford, Hounslow, TW5 9PD स्थानमा सम्पन्न भएको थियो I
निर्बाचन मण्डलका प्रमुख दिलबहादुर सार्कीलगायत निर्वाचन मण्डलका सदस्यहरुले नयाँ कार्यसमिति निर्बिरोध चयन गरेका छन। निर्वाचन मण्डलका अन्य सदस्यहरुमा उदिबहादुर नेपाली, बुदीबहादुर सार्की, हेमलाल सार्की र सुमन नेपाली रहेका थिए I निर्बिरोध निर्वाचित भएका नयाँ कार्यसमितिहरु यस प्रकार छन I अध्यक्षमा धबिंद्र बौडेल, उपाध्यक्षमा तेजेन्द्र गुरुङ, महसचिबमा समशेर नेपाली, सचिबमा बुद्धिबहादुर रुचाल, कोषाध्यक्षमा किरण नेपाली र सदस्यमा सरस्वाती नेपाली निर्बिरोध निर्वाचित भएका छन।
निर्बाचन मण्डललगायत नयाँ कार्यसमितिले संस्थापक अध्यक्ष धनबहादुर सार्कीलाई संस्थाको आजिवन संरक्षकको धोषण गरेको छ I

संरक्षक सार्कीले नयाँ कार्यसमितिलाई हार्दिक बधाई दिएका थिए भने निबर्तमान कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुलाई धन्यवाद दिदै प्रमाणपत्र वितरण गरेका थिए ।






