ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानको लन्डनमा बृहत भेला

SHARE:


दल बुराथोकी मगर

लन्डन २७ नोभेम्बर २०२३ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) अभियानले नागरिकता जोगाऔं भन्दै लन्डनमा बृहत् भेला गरेको छ ।

‘गोर्खा हाम्रो पहिचान, बंशजको नेपाली नागरिकता निरन्तरता हाम्रो अभियान’ नाराका साथ गत शनिबार २५ नोभेम्बर २०२३ मा अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रममा वक्ताले नेपाली नागरिकता निरन्तरता आफ्नो पहिलो मुद्दा भएको बताए । प्रमुख अतिथि मेजर (रि) देवबहादुर पुन सल्लाहकार सीएनसीबीजी र अध्यक्ष थर्क रानाले पानसमा बत्ति बालेर सुरु गरेको कार्यक्रम संस्थाका उपाध्यक्ष शोभराज घोताने गुरुङ र सचिव जित घर्ती मगरले गरेका थिए । कार्यक्रम सुरुआत गर्दै भेलालाई संस्थाका उपाध्यक्ष शोभराज घोताने गुरुङले भेलामा उपस्थित भएका अतिथिहरु सबैलाई संस्थाको तर्फबाट स्वागत तथा धन्यवाद दिएका थिए ।

सीएनसीबीजीका कानुनी सल्लाहकार अधिवक्ता गोविन्द बेल्वासेले नागरिकता समस्या र समाधानबारे कार्यपत्र प्रस्तुत गर्दै विस्तृतरुपमा यसबारे प्रस्ट पारे । सर्वोच्च अदालत कानुनको अन्तिम व्याख्या गर्ने निकाय भएको बताउँदै २०७२ सालको संविधानपछि नागरिकताको विषयमा भएका गतिविधिबारे बोलेका थिए । सार्वभौमसत्ता जनतामा रहेको उल्लेख गर्दै उनले अन्त खोज्नुनपर्ने बताए ।

काउन्सिलर लक्ष्य गुरुङले त्रिपक्षीय सन्धि अनुसार भर्ती भएको उल्लेख गर्दै नागरिकताको विषयमा केही पनि नबोलिएको बताए । उनले यो निकै संवेदनशील विषय रहेको बताए । उनले गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालका धेरै नेताहरुलाई भेटे पनि अहिलेसम्म सम्बोधन नभएको बताए । गाउँघरको स्कुल, बाटोघाटो बनाउनेमा सबैभन्दा ठूलो आफूहरुको छ भने । नेपालमा आफूहरुको ठूलो लगानी रहेको बताउँदै उनले भने, ‘काठमाडौं, पोखरा, बुटवल, धरान बनाएको हामीहरुले हो ।’

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) का प्रवक्ता पदम गाहामगरले नेपालको नागरिकता ऐन, २०६३ को धारा १० संशोधन हुनुपर्नेमा जोड दिए । राज्यले आफ्नो माग सम्बोधन गर्न नसकेको टिप्पणी गरे । नेपालमा सरकार परिवर्तन हुनासाथ नागरिकताको विषयमा सबैभन्दा बढी छलफल र बहस हुने गरेको बताए । हाम्रो नागरिकता राज्यले किन खोस्ने ? उनको प्रश्न छ । ‘हामीहरुको सम्पत्ति नेपालमा छ भनिए पनि राज्यले चाहेमा कानुन लगाएर सबै सम्पत्ति जफत गर्न सक्छ,’ उनले भने ।

सीएनसीबीजीका अध्यक्ष थर्क रानाले धन्यवाद ज्ञापन गर्दै नेपालका नेताहरुले गोर्खाको इतिहास नपढी बिर्सेमा त्यसको हिसाबकिताब खोज्न आफूहरु आउने चेतावनी दिए । उनले आफूहरुलाई पनि प्रथम श्रेणीको नागरिकसरहको मान्यता दिनुपर्ने बताए । उनले नेपालको नागरिकता त्यागेर कहिल्यै पनि ‘कागजको खोस्टो’ नलिने र लिँदा पनि लिन्नौं भने ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, मगर संघ युकेका अध्यक्ष सीता पुन, गोर्खा अभियन्ताहरु, बेलायतस्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!