तमुधिँ लन्डन इकाईको अध्यक्षमा भरतकुमार सर्वसम्मत चयन, सचिवमा रक

SHARE:

लन्डन २७ नोभेम्बर २०२३ । तमुधिँ लन्डन इकाईको अध्यक्षमा भरतकुमार गुरुङ सर्वसम्मत चयन भएका छन्

इकाईको आइतबार अध्यक्ष विष्णु गुरुङको अध्यक्षता र तमुधिँ यूकेका अध्यक्ष हरि गुरुङको प्रमुख आतिथ्यता र आमा प्रमुख सन्ध्या गुरुङको विशेष आतिथ्यमा भएको १६औं वार्षिक साधरणसभा तथा अधिवेशन भरतकुमारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

विशेष अथितिहरुमा लन्डन इकाईका प्रमुख संरक्षक खुशीमान गुरुङ, मिना गुरुङ, इकाईका पूर्वअध्यक्ष एवं ट्रष्टिज डेबिड गुरुङ, निवर्तमान अध्यक्ष ट्र्ष्टिज चन्द्रबहादुर गुरुङ, निवर्तमान आमा अध्यक्ष एवं ट्र्ष्टिज तमुधिं यूकेका कोषाध्यक्ष डिलमाया गुरुङ, चारभन्ज्याङ यूकेका अध्यक्ष वेनकुमार गुरुङ, सोंपाल समाज यूकेको अध्यक्ष श्रीप्रसाद गुरुङ, आमा प्रमुख मनदेवी गुरुङ, उपाध्यक्ष जगदीश गुरुङ, भूम्दीकोट यूकेका संस्थापक अध्यक्ष तमुधिं यूके सल्लाहकार गमबहादुर गुरुङ, बीजीएनए यूकेका निवर्तमान अध्यक्ष देउबहादुर गुरुङ, समाजसेवी तमुधिं साउथ इस्ट रिजनल तमुधिंका पूर्वआमा अध्यक्ष पार्वती गुरुङ, इकाईका प्रमुख सल्लाहकार एवं काउन्सिलर लक्ष्यबहादुर गुरुङ, श्रीमती युवा गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्षकुमार गुरुङ, रमेश गुरुङलगायतको उपस्थिति थियो ।

छैटौं कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष भरतकुमार गुरुङ, वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङ, उपाध्यक्ष मान सिङ गुरुङ, सचिव विकास (रक) गुरुङ, सहसचिव प्रकाश गुरुङ, कोषाध्यक्ष प्रेमराज गुरुङ छन् भने सहकोषाध्यक्ष पद रिक्त छ ।

मिडिया सचिव सुशील गुरुङ, सांस्कृतिक सचिव कुमार गुरुङ, सांस्कृतिक सहसचिव मिना गुरुङ चयन भएको निर्वाचन समिति संयोजक ले.रि.नारायणप्रसाद गुरुङले जानकारी दिए ।

सदस्यरहरुमा दल गुरुङ, लाल क्होला गुरुङ, बिक्रम गुरुङ छनोट भएका छन् ।

अधिवेशनबाट आमा समूह अध्यक्षमा देवकला गुरुङ, वरिष्ठ उपाध्यक्षमा बिनु गुरुङ, उपाध्यक्ष गुना गुरुङ, सचिव पद रिक्त छ भने कोषाध्यक्षमा
गुड्डु गुरुङ (पार्वती) र सहकोषाध्यक्ष दुर्गा गुरुङ बनेका छन् ।

हेलिसा गुरुङ कार्यक्रम संयोजक, सृष्टी गुरुङ स्वास्थ्य संयोजकमा चयन भए । सदस्यहरुमा तुल्सी गुरुङ, लक्ष्मी गुरुङ, पूर्णिमा गुरुङ र बिद्या गुरुङ रहेका छन् ।

अधिवेशनबाट नयाँ कार्यसमिति चयनको लागि ले.रि.नारायणप्रसाद गुरुङ संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई तीन वर्षको कार्यकाल सफलता पूर्वक पूरा गरेका निवर्तमान अध्यक्ष बिष्णु गुरुङ, आमा समूह अध्यक्ष श्रीमती कमला गुरुङलगायतले बधाई ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!