बेलायतमा आउँदो डिसेम्बर ३० मा तमु ल्होछार मनाइने

SHARE:


लन्डन २८ नोभेम्बर २०२३ । बेलायत आउँदो ३० डिसेम्बर २०२३ मा तमु ल्होछार (नयाँ वर्ष) मनाइने भएको छ । तमु समुदायको हरेक वर्ष पुस १५ मा नयाँ वर्ष (ल्होछार) सुरु गर्दछ ।

तमु धीं यूकेको आयोजनामा ३० डिसेम्बर (वि.सं. १४ पुस २०८०) विभिन्न कार्यक्रमका साथ ल्होछार कार्यक्रम हुन लागेको हो । तमु धीं यूकेका उपाध्यक्ष एवं ल्होछार संयोजक कमल गुरूङले भने । ‘हामी गुरुङ/तमुहरुको बर्सेनि मनाउने महान् पर्व ल्होछारको (हिं ल्हो-बिरालो वर्ग बिदाइ र नयाँ वर्ग मुप्री ल्हो-गिद्ध बर्गको) आगमनको पावन अवसरमा यस वर्ष डिसेम्बर ३० तारिख शनिबार एम्पायर हल अल्डरसटमा विविध कार्यक्रमको साथ ल्होछार उत्सव मनाउने भएको जानकारी गराउँदछु ।’

कार्यक्रम स्थानीय समयअनुसार दिउँसो साढे ४ मा सुरु भई राति ११ बजे समाप्त हुने ल्होछार संयोजक कमलले बताए । उनका अनुसार खानाको व्यवस्थासहित कार्यक्रममा प्रवेश शुल्क यसपटक २५ पाउन्ड तोकिएको छ । कार्यक्रमलाई मनोरञ्जन दिलाउन नेपालबाट दुई जना चर्चित कलाकारहरु बेलायत आउने पनि उनले जानकारी दिए । कास्की धम्पुस पोखरी, हाल पोखरामा बसोबास गर्ने नेपाल आइडल ममता गुरुङ र घर तनहुँ हाल पोखरामा बसोबास गर्ने सरुन गुरुङ लन्डन आउनेछन् ।

सुमधुर स्वरकी धनी ममता नेपाली, गुरूङ, हिन्दी गीतहरु गाउन सक्छिन् । उनी रेडियोकर्मीसमेत हुन् । सरुन पनि गुरुङ गीत, नेपाली गीतहरुबाट परिचित छन् ।

यस्तै बेलायत भ्रमणमा रहेका घर लमजुङ हाल पोखरामा बसोबास गर्ने गायक तिलक गुरुङले पनि तमु ल्होछारमा प्रस्तुति राख्नेछन् । हालसम्म नृत्यका लागि रेडिङ र ह्याम्पसायरबाट तयारी रहेको जानकारी उपाध्यक्ष कमलले दिएका छन् ।

गायन, नृत्य र कलाकारका लागि कार्यक्रमको दिन तमु धीं युकेको सांस्कृतिक सचिव साधुराम गुरुङ, तमु कलाकार संघ यूकेका पूर्वअध्यक्ष कुमार गुरुङले सहजीकरण गर्न जिम्मेवारी तोकिएको छ । यस्तै डा हर्क अवार्डको जिम्मेवारी संस्थाका सदस्य कुमार घले र उनको टिमलाई जिम्मेवारी दिएइको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!