प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागि हुन यूएई प्रस्थान

SHARE:

माठमाडौं २९ नोभेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागिता जनाउन बुधबार राति यूएईको दुबई प्रस्थान गरेका छन् । उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दुबई सहरमा बिहीबारबाट सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट सम्बोधन गर्ने छन् । उनले कोपको एजेन्डामा जलवायु परिवर्तन तथा हिमालयको वार्ता प्रक्रियामाथि नेपालको आवाज प्रस्तुत गर्ने उल्लेख छ । कोप–२८ मंसिर १४ देखि २६ सम्म चल्नेछ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले कोप–२८ म उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखहरुसग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

दाहालले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल(यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!