लन्डन ३० नोभेम्बर २०२३ । स्याङ्जा समाज युकेको आउँदो आइतबार ३ डिसेम्बर २०२३ मा वार्षिक बैठक तथा दोस्रो अधिवेशन हुने भएको छ ।
उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष भरत गुरुङ र महासचिव डा. बलराम ढकालले बिहीबार एक सूचना जारी गर्दै पूर्वनिर्धारित समयमै समाजको वार्षिक बैठक तथा अधिवेशन हुने जानकारी दिएका हुन् । बैठक र अधिवेशन अल्डरसटमा रहेको ठमेल रेस्टुरेन्टमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म हुनेछ ।
बैठक तथा अधिवेशनमा उपस्थितिका लागि स्याङ्जा समाज युकेका संरक्षकहरु, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु कार्यसमिति, आमा समूह लगायत सम्पूर्ण बेलायतवासी अनुरोध गरिएको छ ।
अध्यक्ष शारदा गुरुङ पितृ शोकको कारण नेपालमा रहे तापनि वार्षिक बैठक तोकिएको मिति र समयमा नै गर्न र गराउन निर्वाचन मण्डल र कार्यसमितिलाई जानकारी गराएको सूचनामा उल्लेख छ ।






