काठमाडौं ३ डिसेम्बर २०२३ ।

हेटौंडामा ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका-१६ पानीस्वाँरामा मधेश प्रदेश ०३ ००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा चालक र ट्याक्टरमा सवार व्यक्तिको मृत्यु भएको हो ।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार चालक बारा निजगढ नगरपालिका १३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा पानीस्वाँराका ५६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित हुँदा पानीस्वारा भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।






