कोल्मा बहाकोट समाज युकेमा नयाँ नेतृत्व चयन, अध्यक्षमा चन्द्र गुरुङ

SHARE:

लन्डन ४ डिसेम्बर २०२३ । कोल्मा बहाकोट समाज युकेमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार २ डिसेम्बर २०२३ मा सम्पन्न समाजको वार्षिक साधारणसभा तथा अधिवेशनबाट चन्द्र गुरुङको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केश थापा, उपाध्यक्ष रामचन्द्र गुरुङ, महासचिव मदन राना, सहसचिव तेज गुरुङ, कोषाध्यक्ष देव गुरुङ र सह कोषाध्यक्षमा सूर्य गुरुङ चयन भएका छन् । नयाँ कार्यसमिति चयनका लागि पूर्वअध्यक्ष सुरेश गुरुङको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।

महासचिव देव गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङले स्वागत मन्तव्य दिएका थिए । पूर्वअध्यक्षहरू को तर्फबाट संस्थापक क्या. रि. भिमबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गएको सभाको समीक्षा कृष्ण गुरुङले गरेका थिए । साधारणसभामा आयव्यायको प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र गुरुङ र वार्षिक प्रतिवेदन महासचिव देव गुरुङले प्रस्तुत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!