स्याङ्जा समाज युकेको अध्यक्षमा भरत गुरुङ, महासचिवमा रामराज शर्मा चयन

SHARE:

लन्डन ४ डिसेम्बर २०२३ । स्याङ्जा समाज युकेको अध्यक्षमा भरत गुरुङ र महासचिवमा रामराज शर्मा सर्वसम्मत चयन भएका छन् ।
आइतबार ३ डिसेम्बर २०२३ मा अल्डरसटको ठमेल रेस्टुरेन्टमा भएको वार्षिक साधारणसभा र अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा भक्त दर्जी, रुपा गुरुङ र जगदीश गुरुङ, महासचिव इन्जिनियर रामराज शर्मा, कोषाध्यक्ष शिव सापकोटा र सहकोषाध्यक्ष चन्दा थापा चयन भएका छन् ।

सद्स्यहरुमा भिमबहादुर गुरुङ (खेलकुद), युवराज गुरुङ, श्यामबहादुर गुरुङ, हुमकुमारी गुरुङ (महिला संयोजक), सहसंयोजक भुमाया थापा, प्रवक्ता गोमा राना र कानुनी सल्लाहकार भिम पौडेल चयन भएको निर्वाचन समितिका प्रमुख डेबिड गुरुङले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि समाजका वरिष्ठ सल्लाहकार डेविड गुरुङको प्रमुख रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिमा सचिव गोमा राना र सदस्य इन्द्र क्षत्री, पार्वती गुरुङ र गिर गुरुङ थिए ।

संस्थाका अध्यक्ष शारदा गुरुङ पितृशोकमा नेपालमा भएकोले कार्यवाहक अध्यक्ष भरत गुरुङको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको थियो । महासचिव डा बलराम ढकालले शुभारम्भ गरे । उपाध्यक्ष भरत गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । एक मिनेट मौनधारणपश्चात उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका संरक्षक थर्क सेन, मे. कुमार गुरुङ, मगर संघका निवर्तमान अध्यक्ष ले. रि. सुनिल राना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा राना र सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङले पानसमा बत्ती बालेर अधिवेशन उद्घाटन गरेका थिए ।

अधिवेशनमा स्याङ्जा समाजका प्रवक्ता एलबिजेड गुरुङ, कुमार गुरुङ, सुनिल राना, नारायन गुरुङ, श्रीप्रसाद गुरुङ, डेबिड गुरुङ, विशाल गुरुङ र थर्क सेनले शुभकामना दिँदै संस्थाले छोटो समयमा द्रतगतिले महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा खुसी पनि व्यक्त गरेका थिए ।

महासचिव डा बलराम ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष रुपा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भरत गुरुङले अध्यक्ष शारदा गुरुङको प्रतिवेदन प्रस्तुतको साथै कार्यसमिति विघटन घोषणा गर्दै पहिलो सत्र अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको थियो । दोस्रो चरणमा निर्वाचन प्रमुख डेविड गुरुङ र उनको टिमले निर्वाचन प्रक्रियालाई अगाडि बढाएर नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचिन चरणको कार्यक्रम निर्वाचन समिति सचिव गोमा रानाले सन्चालन गरेकी थिइन् ।

स्याङ्जा समाज युकेले स्थापनाकालदेखि छोटो अवधिमै विभिन्न कार्यहरु एक आपसी सहयोगमा समाजको उत्थानको लागि नेपालमा आफ्नो जिल्ला विकासमा सहयोग, कोभिडक‍ो विषम परिस्थितिमा सहयोग, स्याङ्जा जिल्लावासीलाई मोतीबिन्दु शल्यक्रियामा सहयोगलगायत काम गर्दै आइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!