
लन्डन १० डिसेम्बर २०२३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बेलायत भ्रमण आइपुगेका छन् ।
उनी आइतबार डिसेम्बर १० बिहान हिथ्रो विमानस्थल ओर्लिएका हुन् । पत्निसहित आइपुगेका सभापति लामिछाने विमानस्थलमा‘प्रवास नेपाली सम्पर्क विभाग यूके’का सभापति पवन शर्मा, पदाधिकारी, व्यवसायी रविन्द्रजंग लामिछाने, समाजसेवी पार्वती गुरुङ, माया गुरुङ, कविता गुरुङ, नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष ज्ञानप्रसाद गुरुङलगायतले स्वागत गरेका थिए ।
१४ तारिखसम्म बेलायत भ्रमणमा रहने लामिछानेले राजनीतिक भेटवार्तासहित बेलायतवासी नेपालीहरुसँग पनि भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ । नेपालका पूर्वउप्रधान तथा गृहमन्त्री समेत रहेका उनले साउथ इष्ट लन्डन, अल्डरसट, मिडल्यान्डसहित उल्लेख्य नेपाली रहेका क्षेत्रमा पुगेर स्थानीय नेपालीसँग अन्तरक्रिया गर्ने छन् ।






