एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

SHARE:

काठमाडौं १२ डिसेम्बर २०२३ ।

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको सामन्य लक्ष्य भारतले ७।१ ओभरमा विना क्षति भेट्टायो । भारतका अर्सिन अतुल कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा जम्मा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए ।

दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे । भारतका तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई ध्वस्त पारेका थिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे ।

पराजयसँगै नेपाल समूह चरणबाटे बाहिरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!