बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

SHARE:

काठमाडौं १३ डिसेम्बर २०२३ ।

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर गराउने विषयमा भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एक जनाको मृत्यु भएको पुष्टि गर्दै उनको पहिचान भने खुलिनसकेको जानकारी दिए । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विपक्षी समूह तथा अनसनमा बसेका व्यक्तिहरुले एक्कासी ढुङ्गा मुढाका साथै नगरपालिकाको गाडी तथा भवनमा तोडफोड गरेपछि प्रहरी टोली परिचालन गरिएको थियो ।

सो क्रममा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्यास तथा हवाई फायरसमेत गरेका कडायतले बताए । सोही क्रममा घाइते भएका एकको मृत्यु भएको जनाइएको छ ।

स्थिति नियन्त्रणमा लिन खटिएका १० जना प्रहरी तथा केही सशस्त्र प्रहरी पनि घाइते भएका जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!