लामिछानेलाई पूर्वगोर्खा सैनिकको ध्यानाकर्षण : ‘एक कानले सुन्ने अर्कोले उडाउने नहोस्‌’

SHARE:

लन्डन १४ डिसेम्बर २०२३। पूर्वगोर्खा सैनिकहरुले आफुहरुको मागका विषयमा सदनमा आवाज उठाइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।

भूपू गोर्खाका अभियन्ता एवं अनशनकर्ता धनबहादुर गुरूङले भूपू गोर्खाहरुको समस्यालाई सदाको लागि समाधान गर्न र गोर्खाहरूलाई न्याय दिलाउन रास्वपाको भूमिकाबारे ध्यानाकर्षण गराएका हुन् । उनले आफूहरुको मागलाई बेवास्ता नगर्न र नेपाली युवाहरूको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको पहलबारे पनि जिज्ञासा राखेका छन् ।

‘हाम्रो समस्यालाई सदाको लागि समाधान गर्न र गोर्खाहरूलाई न्याय दिलाउन रास्वपाको अहम भूमिका कस्तो रहन्छ र सदनमा बोलेर अडान लिएर सरकारलाई दबाव दिनको लागि सम्पूर्ण पीडित भूपूहरूको तर्फबाट विनम्र अनुरोध गर्दछु । यतिमात्रै गर्नुभयो र हामी गोर्खाहरूले न्याय पाउन सक्यौं भने सम्पूर्ण पीडित भूपू गोर्खाहरू रास्वपाको ऋणि हुनेछौं,’ गुरुङले भनेका छन्, ‘तर एक कानले सुन्ने अर्को कानले उडाउने हो र बेवास्ता गरिएमा भविष्यमा फूलमालाले होइन गालीको मालाले स्वागत गर्न नपरोस् ।’

गुरुङले च्याट ग्रुपमा पठाएको मागका विषय जस्ताको तस्तै
१२/१२/२३/ मिटिङ रास्वपा सभापति माननीय रबि लामिछाने ज्यू ।

माननीय श्री रवि लामिछानेज्यू , सभापति रास्वपा नेपाल ।
१, गोर्खा इतिहास,
प्रथम र द्वितिय विश्व युद्धमा लाखौं गोर्खाहरूले ज्यानको बलिदान,रगत र पसिना दिए ,केवल ब्रिटिश साम्राज्यालाइ र राजमुकूट लाइ जोगाउन मात्रा थियो। तर यस्को फल, ब्रिटिशले गोर्खाहरूलाइ ऐतिहॅासिक अन्याय गरेको २०८ बर्षा पूरा भयो। साथै नेपाल र बेलायतको मित्रा राष्ट्रा कायम तथा दौत्या सम्बन्ध भएको पनि २०८ बर्षा नै भयो। यतिका बर्षा बिति सक्दा पनि आजा सम्मा न्याय पाएका छैनौ।
यहि अन्याय लाइ सहन नसकेर, कुनै उपाय नभएर न्याय पॅाउनकै लागि बाध्य भएर हामी ३ जनाले समान कामको समान ज्याला पॅाऊ भनेर अमरण बसेऊ,
र अनसन तोडेको पनि २९ महिन भायो तर कुनै उपलब्धि हुन सकेको छैन। यो भन्दा पिडा अरू के नै हुन्छर ?

२, अनसन कहिले घोषणा, ( १५ डि २०२० ) कहिले बस्यो, ०७ / अ/२०२१/ बाटा १९/अ/२०२१/सम्मा १३ दिन सम्मा बसेऊ।

३, अनसन बस्दा राखेको ३ वटा शर्तहरू (क) बेलायत/ नेपालको उच्च मन्त्रिस्तरिय वार्ता समिति गठन गर, ( ख ) त्यो वार्तामा हामी गोर्खाहरूको पनि उपस्थिति अनिबार्य रहोस् (ग) बार्ताको मिति तुरून्तै तोक।

यो ३ वटा शर्तहरूलाइ पूरा गर्ने गरि लिखित शर्तको साथमा ब्रिटिश भेटरान्स मन्त्रि लियो डोकर्टि, तत्कालीन महामहिम राजदूत लो द रे को उपस्थितिमा १९/अ/ २१/ मा अनसन बसेको ठॅाऊमा आयो र सबैको सहमतिमा हामी ३ जनाले अनसन तोड्यौ।

तेस्पछि लगात्तै ८/से/२०२१/ तारिख ब्रिटिश रक्षा मन्त्रि बेन वालेस, राज्य मन्त्रि लियो डोकर्टि, नेपाली दूतावस लन्डनमा राजदूत संग हामी गोर्खाहरूको संयुक्त बैठक भयो।
तेतिखेर बेन वालेसले गोर्खाहरूको जति पनि मॅागहरू छन् सबै समेटेर ल्याउनु, सबै समस्याहरू डिसेम्बर २०२१ बाटा बैठक बसेर सदाको लागि हल गर्ने , र अप्रिल २०२२ बाटा कार्यन्वयन गर्ने भनि सहमति भएको थियो। तर बिभिन्ना बहाना हरूले गर्दा ३ नोभेम्बर २०२२ झन्डै १५ महिना पछि मात्रै पहिलो वार्ता भयो। तेसपछि ६ पटक बैठक बसि सक्यो ,
तर विडम्बना पेनसन र क्षतिपूर्तिको बारेमा खासै ठोस प्रबेश नै हुन सकिरहेको छैन। अब हामी गोर्खाहरूले न्याय कहिले पॅाउने हो ? अझै कति कुर्नु पर्ने हो ? आन्दोलन सुरू गर्दा हामी भु पू गोर्खाहरू ४५ हाजार थियौ, ३४ बर्षा सम्मा सडक, सदन र अदालत सम्मा ततायौ तर कहि कतैबाटा सुनवाइ भएन। अहिले त्यो सॅख्या घटेर १४ हाजारमा झरि सक्यो, १० बर्षा पछि कोहि पनि बॅाकि रहन्नौ होला।

हाम्रो देश नेपालमा सरकार छ कि छैन ??? छ भने दुइ शताब्दि बितिसक्दा पनि किन गोर्खाहरूले न्याय पाएनन् ??? के नेपालको सरकार नलायक , नकाम्मा र बाहिरी मुलुकको ईसारामा चल्ने सरकार हो ??

के नेपाल सार्बभौमा सत्ता सम्पन्ना राष्ट्र हो कि होइन ?? यदि हो भने, हाम्रो देश नेपालको राजधनि काठमान्डूमा र पर्यटकिय सहर उ म न पा पोखारामा खराबौ पर्ने जमिन अधिकरण गरेर ब्रिटिशले किन सिबिर खडा गरेर बस्यो ?? त्यो भन्दा पहिला धरानमा र पक्लिहावामा पनि ब्रिटिशको शिबिर थियो।

तेति मात्रै होइन
बेलायतले हरेक बर्षा जति मन लाग्यो उति, १८ बर्षा देखि २१ बर्षा सम्माका लक्का जवान हरूलाइ नापि नापि छानि छानि दिमाग परिछण गरि गरि बिभिन्ना परिक्षा लिएर किन बेलायति सेनामा भर्ति गराएर लग्यो ?? यस्को लेखाजोखा को रेकर्ड के नेपाल सरकार संग छ?? के यो सोझै मानव बेचबिखन हो कि होइन ??

अब म रास्वपा लाइ प्रशन र अनुरो गर्न चाहे,.
१, रास्वपाको घोषणा पत्रमा हामी गोर्खाहरूको समस्या र समाधान छ कि छैन ? घोषणापत्रमा पर्छ कि पर्दैन ? यदि नपर्ने हो र छैन भने, के हामी अर्कै देशको नागारिक हौं त ? यदि हो भने हाम्रो देश वा राज्या कहीं छ देखाइदिनु हेला । यो हाम्रो मात्रै समस्या नभएर सम्पूर्ण नेपालीहरूको र नेपालको समस्या हो । त्यसकारण हाम्रो समस्यालाई सदाको लागि समाधान गर्न र गोर्खाहरूलाइ न्याय दिलाउन रास्वपा को अहम भुमिका कस्तो रहन्छ , र सदनमा बोलेर अडान लिएर सरकारलाइ दबाव दिन को लागि समपूर्र्ण पिडित भु पू हरूको तर्फबाटा बिनम्रा अनुरोध गर्दछु। यति मात्रै गर्नु भयो र हामी गोर्खाहरूले न्याय पॅाऊन सक्यौ भने सम्पूर्ण पिडित भु पू गोर्खाहरू रास्वपा को रिणी हुने छौ र धन्यबाद दिदै आभार ब्यक्ता गर्ने छौ। तर एक कानले सुन्ने अर्को कानले उडाउने हो र बेवास्ता गरिएमा भबिस्यामा फूलकोमालाले होइन गालीको मालाले स्वागत गर्न नपरोस्। अन्तिममा नेपाली युवाहरूको लागि , शिक्षा, स्नास्थ्य, र रोजगारि को लागि के कस्तो पहल गर्दै हुनुहुन्छ जानकारि दिनु हेला।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!