फिने बेलायतका अध्यक्ष बराल भन्छन्- संस्थालाई संसारभर फैलाउन ब्रिजको काम गर्छु

SHARE:

लन्डन १५ डिसेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्ष सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बरालले नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

खानाको अनुसन्धान र खोजीमा दक्ष मानिने सेफ तथा व्यवसायी बरालले आफ्ना अनुभव र प्रतिवद्धतामार्फत फिनेको उद्देश्यहरूलाई अगाडि बढाउनेसमेत बताएका छन् । फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तिकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै क्षेत्रमा ब्रीजको काम गर्न आफू लागि पर्ने नवनियुक्त अध्यक्ष बरालले बताए ।

फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामूखी, गैर राजनीतिक र गैरसरकारी संस्था हो । यस संस्थामा हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!