मिरर पत्रिकाविरुद्ध ‘फोन ह्याकिङ’ मुद्धा जिते बेलायती राजकुमार ह्यारीले

SHARE:

लण्डन १६ डिसेम्बर २०२३ ।

बेलायती राजकुमार ह्यारीले बेलायतको मिरर समूहका पत्रिकाहरुविरुद्धको फोन ह्याकिङसम्बन्धि बहुचर्चित मुद्धा जितेका छन् ।

उक्त पत्रिकाले प्रकाशित गरेका प्रिन्स ह्यारीसम्बन्धि समाचारहरुमा फोन ह्याकिङमार्फत् गैरकानूनी तवरले सूचना संकलन गरिएको ठहर गर्दै उच्च अदालतले शुक्रबार उनको पक्षमा फैसला सुनाएको हो ।

मुद्धामा राजकुमार ह्यारी पक्षले दावी गरेका विभिन्न ३३ मध्ये १५ अवसरमा पत्रिकाले गैरकानूनी माध्यमबाट सूचना लिएको पुष्टि अदालतले गरेको हो । आफ्नो पक्षमा फैसलापछि राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिताको लागि महत्वपूर्ण दिन’ भन्दै खुशी व्यक्त गरेका छन् ।

अदालतले राजकुमार ह्यारीले क्षतिपूर्तिबापत् १ लाख ४० हजार ६ सय पाउन्ड पाउने फैसला पनि सुनाएको छ । यसअघि मिरर समूहका पत्रिकाहरुले गैरकानूनी रुपमा फोन ह्याकिङ गरी आफ्ना नीजि गोप्य सूचनाहरु प्रकाशित गरेको आरोपसहित राजकुमार ह्यारी कानूनी उपचारको बाटोमा लागेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!