लन्डन १७ डिसेम्बर २०२३ । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कृष्णको नेतृत्वमा २०२४-२०२५ का लागि नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्या पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए ।
सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दिपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि हरि श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय समिति बनाइएको थियो । जसमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गरुङ थिए ।
अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।






