
संजय सिङजाली मगर
राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा पुनः झम बहादुर गुरूङ चयन भएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको लुम्बिनी प्रदेश (लुथम) को दोस्रो अधिवेशनबाट पुनः गुरूङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको बरिस्ठ उपाध्यक्षमा लिलमाया राना, उपाध्यक्षमा रेखा प्रसाद चौधरी, सचिवमा पुनः चित्र प्रसाद गुरूङ, कोषाध्यक्षमा धनिसरा दर्लामी, उपसचिवमा पार्वती थारू र लिल बहादुर दर्लामी तथा सहकोषाध्यक्षमा ओक प्रकाश बिक चयन भएका छन् ।अधिवेशनको बुधबार बुटवलमा एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले उद्घाटन गर्नुभएको थियो ।






