तमू ल्होछारका लागि लण्डन आईपुगे खेन्पो तुलाचन 

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको बिशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आईपुगेका छन् । बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड बर्ग) को अवसरमा आयोजना गर्न लागेको धार्मिक पूजापाठका लागि मंगलबार १९ डिसेम्बरका दिन लण्डन आईपुगेका हुन् । 

उनलाई बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, उपाध्यक्ष एवं तमू ल्होछार संयोजक क्याप्टेन देब घले, पूर्व संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, वर्तमान आमा सचिव शारदा गुरुङ, आमा सहसचिव पबित्र गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले हिथ्रो एयरपोर्टमा खादा लगाई स्वागत गरेका थिए । 

खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछारमा धार्मिक प्रवचन, दिप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको संयोजक क्याप्टेन देब घलेले जानकारी गराए । साथै, ल्होछार कार्यक्रममा खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ भएको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बीसीसी यूकेले हार्दिक अनुरोध गरेको छ । 

स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक बर्ष तमू ल्होछारलाई बिशेष महत्व दिई बृहत पूजाको आयोजना गर्दै आएको छ । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!