चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

SHARE:

एजेन्सी २१ डिसेम्बर २०२३ ।

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

स्थानीय समयअनुसार घटना दिउँसोको ३:५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोईला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ । दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ।

आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।​

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!