अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा: डब्लुएचओ

SHARE:

एजेन्सी २२ डिसेम्बर २०२३ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ ।

काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

उनले एक्स ट्वीटर मा लेखेका छन् “अफगानिस्तानको कुल जनसङ्ख्याको ३० प्रतिशतले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।”उनले भने “करिब १० लाख बालबालिका गम्भीर कुपोषित छन् भने २३ लाख बालबालिका मध्यम खालको कुपोषणबाट पीडित छन् । विश्व स्वास्थ्य संगठनलाई कुपोषण र खाद्य असुरक्षाको परिणामबाट बढी भन्दा बढी अफगान बालबालिका र महिलाहरूको मृत्यु हुनबाट रोक्न औषधि प्रदान गर्न र अस्पतालहरूलाई सहयोग गर्न १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक छ ।”

अफगानिस्तानको तालिवानद्वारा नियुक्त सार्वजनिक स्वास्थ्य मन्त्रालयले देशमा कुपोषित आमा र बालबालिकाको सङ्ख्या विगतका वर्षहरूको तुलनामा केही बढेको जनाएको छ । इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकहरूका अनुसार अफगानिस्तानमा कुपोषित बालबालिकाको सङ्ख्या विगतका वर्षहरूको तुलनामा बढेको छ र जाडोयाममा २० देखि २५ कुपोषित बालबालिकाहरू अस्पताल आउने गरेका छन् ।

अस्पतालमा सेवारत नर्स फातिमा अजिमीले भन्नुभयो, “गत वर्षको तुलनामा विशेष गरी जाडो मौसममा हाम्रा बिरामी बढेका छन् र अहिले दैनिक १५ देखि २० जना बिरामी अन्य अस्पतालबाट उपचारका लागि सिफारिस भएर आउने गरेका छन् ।”

चिकित्सक अब्दुल गफूर रसूलीलाई उद्धृत गर्दै टोलो न्यूजले दिएको समाचार अनुसार ‘बालबालिकालाई कुपोषणको सामना गर्न नदिन’ सम्मानित परिवारले जन्मबीचको दूरी बढाउनुपर्छ र स्वास्थ्यसम्बन्धी सुधार गर्नुपर्छ, निर्देशिकाको पालना गर्नुपर्छ र हाम्रो समाजलाई गरिबीबाट बचाउनुपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!