बेलायतमा मृत्यु भएकी कमला गुरुङको परिवारलाई कविता-पार्वती र मायाबाट ७ हजार ८ सय ८४ पाउन्ड सहयोग

SHARE:

लन्डन २३ डिसेम्बर २०२३ ।

बेलायत आएको एक हप्ता नबित्दै मृत्युवरण गरेकी कमला गुरुङको परिवारलाई समाजसेवीहरु कविता-पार्वती र माया गुरुङबाट ७ हजार ८ सय ८४ पाउन्ड २२ पेन्स सहयोग गरेको छ ।

बेलायतभरिबाट संकलन गरिएको रकमबराबरको चेक शनिबार समाजसेवीत्रयले मृतक कमलका श्रीमान् निरज गुरुङलाई रेडिङ पुगेर हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरणका क्रममा कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङलगायत पदाधिकारी, रेडिङवासीलगायतको उपस्थिति थियो ।

माइला-कान्छा अभियानका रुपमा समेत परिचित कविता, पार्वती र मायाले आफूहरुको विश्वास गरी बेलायतभरिबाट कमल गुरुङका परिवारका लागि सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै सहयोग सदुपयोग हुने विश्वास व्यक्त गरे । विद्यार्थी भिसामा बेलायत आएकी स्याङ्जा बिरुवा गाउँपालिका-४ ओरस्टेकी ३१ वर्षीया कमला गुरुङको डिसेम्बर ३ तारिख रेडिङस्थित रोयल बर्कसायर अस्पतालमा निधन भएको थियो । उनको यही २७ डिसेम्बरमा अन्त्येष्टि हुँदैछ ।

अन्त्येष्टि कार्यक्रमको व्यवस्थापन कोल्मा बहाकोट समाज यूकेले गर्ने अध्यक्ष चन्द्र गुरुङले जनाए । उनका अनुसार अन्तिम संस्कार अघि बिहान ११ बजेदेखि दिउँसो १ : ४५ सम्म रेडिङको माइल्स फ्युनरल डाइरेक्टरको अफिसमा शव राखिने र साढे २ देखि साढे ३ बजेसम्म रेडिङ सिमेन्ट्री क्रिमेटोरियममा अन्त्येष्टि गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!