११ औं पाँचथर कप फुटबल प्रतियोगिता मे ४ मा हुने

SHARE:

लण्डन २५ डिसेम्बर २०२३ ।

पाँचथर समाज समाज युकेले वर्षेनी सञ्चालन गर्दै आएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी मे ४ मा हुने भएको छ । शनिबार सम्पन्न भर्चुअल बैठकमा अध्यक्ष शान्ति लिम्बुले सो कुराको जनकारी दिएकी हुन् ।

प्रतियोगिता सञ्चालनका लागि सन्देश नेम्वाङलाई संयोजकको जिम्मेवारी दिइएको छ भने प्रताप तामाङ र खगेन्द्र तावालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ । लण्डनको हन्स्लोमा हुने प्रतियोगिताका लागि खेल मैदान बुक तथा एम्बुलेन्स, सेक्युरिटी सुरक्षा व्यवस्थापन भइसकेको निवर्तमान अध्यक्ष कैलास काम्बाङले बताए ।

बैठकमा किराँत याङबुङ चुम्लुङ युकेका अध्यक्ष नरविर आङबोले यसपटकको यालम्बरहाङ कप अप्रिल २० मा चुम्लुङदेनमा सम्पन्न हु्ने जानकारी दिए । साथै पाँचथर कप र यालम्बरहाङ कपबीच घनिष्ठ मित्रता रहेको र आर्थिक, भौतिक, टिम इण्ट्रीमा एकअर्कालाई सहयोग गर्दै आइरहेकाले यसपटक पनि सो कार्यलाई निरन्तरता दिन जोड दिए ।

लेखक तथा मनोक्रान्ति अभियान्ता एभरेष्ट टाइम्सका प्बन्ध निर्देशक नगेन्द्र नेम्वाङ ‘नेम्बाङ मामा’लाई हालसालै अनि ‘स्वस्थ जिन्दगीको सान’ नामक पुस्तक विमोचन गरेकोमा बैठकमार्फत बधाई तथा शुभकामना दिइएको थियो । संस्थाका सदस्य दिपा योङया लिम्बुलाई पनि २९ डिसेम्बरमा रिलिज हुन लागेको यता पनि हेर भन्ने गीतमा मोडलिङ गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

शान्ति लिम्बुको अध्यक्षतामा सम्पन्न पाँचथर कप संयोजक मनोनित बैठकमा सल्लाहकारहरु कैलाश काम्बाङ, चन्द्र सुन्दास, किराँत याक्थुङ, चुम्लुङ युकेका अध्यक्ष नरबिर आङबो लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन महासचिव लाहाङ चेम्जोङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!