स्वीइन्डनका नेपालीहरुले मनाए ख्रीष्टमस

SHARE:

जय तामाङ
लन्डन २६ डिसेम्बर २०२३ । स्वीन्डनका नेपालीहरुले ख्रीष्टमस भव्य रुपमा मनाएका छन् ।

फेथ हिमालयन चर्चको आयोजनामा यही डिसेम्बर २५ तारिख सोमबार स्वीइन्डनको अपहाम रोडस्थित युनाइटेड रेफोर्म चर्चको भवनभित्र ख्रीष्टमस कार्यक्रम विभिन्न उपहारहरु र ख्रीष्टमस कार्डहरु र शुभकामना एक आपसमा साटासाट र नव वर्ष २०२४ मनाइएको हो । महिमा चर्चका पास्टर ज्ञानसिङ गुरुङ, ज्योति गुरुङ, आशेर गुरुङ, थोमस पुन, रूथ राई र सुनिता लिम्बुलगयत उपस्थित थिए ।

आशिषित मण्डलीबाट मुना गुरुङ परिवार, गोर्खा मण्डलीबाट मनिषा तामाङ र दिप गुरुङको उपस्थिति रहेको थियो ।

जय तामाङले संचालन गरेको ख्रीष्टमस कार्यक्रममा विभिन्न भजन कोरसहरु गाउँदै आराधना संगीत प्रारम्भ भएको थियो । सुरक्षा गुरुङले स्तुति प्रशंसा अगुवाई गरेलगत्तै युथ पास्टर किशोर थुलुङ राईले दुई वटा आफ्नै रचनाको भजन गाएका थिए ।

प्रेम गुरुङले सोलो गाएका थिए भने आरियाना गुरुङ र सुरक्षा गुरुङले डुएट अंग्रेजी गीत गाएका थिए । जय तामाङले भजन २१ लाई बाँसुरीमा बजाएका थिए भने सोर्निमा, मञ्जु र जयले मनाउ उत्सव भन्ने बोलको भजन गाएका थिए ।

पास्टर मनराज थुलुङ राईले ख्रीष्टमसको सन्देश बाँडेका थिए । किरात यायोक्खा राई समाजका अध्यक्ष भोला बिक्रम राईले ख्रीष्टमसको शुभकामना दिएका थिए । विभिन्न उपहारहरु केटाकेटीलाई दीप गुरुङ र पास्टर ज्ञानसिङको हातबाट बाँडिएको थियो ।

मञ्जु तामाङ, अम्बिका गुरुङ, सन्तोष गुरुङ, सुरक्षा गुरुङ र ओसिया गुरुङ परिवार, हेम राई तथा मिना राई परिवारले, विभिन्न परिकारका भोजनहरु तयार गरेका थिए ।

अन्तमा युथ पास्टर किशोर थुलुङ राईले सबैलाई धन्यवाद दिँदै अन्तिम आशीषको प्रार्थना गरेर कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!