लण्डन २८ डिसेम्बर २०२३ ।

लन्डन स्थित बारहम पार्कमा रहेको तमु समाज युकेको भवनमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय कमला गुरुङको परिवारलाई तमु समाज युकेको तर्फवाट राहत स्वरुप आर्थिक सहयोग २५०५ पउण्ड हस्तानतरण गरिएको छ ।
नेपालमा गण्डकि प्रदेश स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वोडा नं ४ ओरस्टे गाउँ निवासी ,हालसालै उच्च शिक्षा हासिल गर्ने र स्वर्णिम भविस्य निर्माण गर्ने परिकल्पना सहित नेपाल बाट बेलायत आएका तर आगमनको केहि दिनमा नै स्वाथ्यमा समस्य आई उपचारको क्रममा डिसेम्बर ३ तारिखको दिन रेडिङ स्थित रोयल बर्कशायर अस्पतालमा कमला गरुङको अल्पायुमा नै असामाहिक निधन भएको थियो ।
उक्त खवरले सिङ्गो तमु समाज यके लाई स्तब्ध बनाएको र यस दुखको घडिमा तमु समाज युकेले श्रध्दान्जलि अर्पण गर्दै यस अत्यन्तै दुखको समयमा उनको श्रीमान निरज गुरुङ लगाएत सिङ्गो परिवारजनमा धैर्यधारणा गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै गहिरो समबेदना प्रकट गरेको छ ।
बेलायत आगमनको छोटो समयमै पत्नि बियोगको कठिन समय सामना गरिरहेका निरज गुरुङको परिवारलाई केहि हद सम्म भएपनि आर्थिक राहत पुगोस भन्ने हेतुले तमु समाज युके ले समाजका सदस्यहरु र लगाएत शुभचिन्तक हरु बाट स्वतस्फुर्त रुपमा छोटो समयमा आर्थिक सहयोग संकलन गरेका थियो ।
यसै क्रममा स्काई कम्पनि लन्डनमा कार्यरत नेपालि हरुबाट पनि सहोग प्राप्त भएको थियो । बेलयतमा कृयसिल कोल्मा बहाकोट समाज युकेको तर्फ बाट अध्यक्ष चन्द्र गुरुङले पनि आर्थिक सहयोगको निम्ति आग्रह गरेका थिए । यसरि समाजको सदस्यहरु बाट र शुभचिन्तकहरुबाट राहत स्वरुप संकलित कुल रकम २५०५ पाउण्ड संकलन भएको थियो र उक्त रकम मिति २६ डिसेम्बर २०२३ को दिन तमु समाज युकेको सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरि उक्त रकम तमु समाज युकेको अध्यक्ष शिब कुमार गुरुङबाट स्व गरुङका श्रीमान निरज गुरुङलाई हस्तानतरण गरिएको थियो ।
उक्त हस्तानतरण कार्यक्रमा कोल्मा बहाकोट समाज युकेका अध्यक्ष चन्द्र गुरुङ लगाएत स्व गुरुङका आफन्तजन हरु र तमु समाज युकेका पदाधिकारिहरुको उपस्थिति रहेको थियो । आर्थिक सहयोग हस्तानतरण कार्यक्रम समाजका महासचिब श्री धरम बल गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष गुरुङले आर्थिक सहयोग आभियनमा सहयोग गर्ने समाजका सदस्यहरु शुभचिन्तकहरु र लन्डन स्थित स्काई कम्पनिमा कार्यरत नेपालीहरु लगाएत जुम गुरुङ र उमा गुरुङ प्रति आभार सहित हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । यसै क्रममा कोल्मा बहाकोट समाज युकेका अध्यक्ष चन्द्र गुरुङले तमु समाज युकेका सम्पुर्ण सदस्यहरुलाई छोटो समयमै आर्थिक संकलन गरि स्वस्श्रीमतीकमला गरुङको परिवार लाई हस्तान्तरण गरेकोमा परिवार को तर्फबाट र कोल्मा बहाकोट समाज युकेको तर्फ बाट कृतज्ञता ज्ञापन गरेका थिए ।
कमला गुरुङको पार्थिक शरिरको अन्तेष्टि कार्यक्रम गुरङ संस्कार अनुसार २७ डिसेम्बर २०२३ का दिन गरिएको थियो। उक्त अन्तेष्टि कार्यक्रममा ठुलो संख्याम बिभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत आफन्तजनहरुको सहभागिता रहेको थियो ।






