तेस्रो चासोक तङनाम नकआउट फुटबल प्रतियोगितामा बेलायतबाट २ लाख २५ हजार पुरस्कार प्रायोजन

SHARE:


लन्डन १ जनवरी २०२४ । वाई वाई तेस्रो चासोक तङनाम नकआउट फुटबल प्रतियोगिताका लागि बेलायतबाट २ लाख २५ हजार रुपैयाँ पुरस्कार प्रायोजन गरिएको छ ।

पाँचथर फिदिम १४ आनि साक्थीम क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ प्रथम पुरस्कार नगद १ लाख ५० हजार र दोस्रो पुरस्कार ७५ हजार रुपैयाँ बेलायतवासी जीवन वनेम फागो, पुनम वनेम नेम्बाङ र बालकृष्ण वनेम फागोले आफ्ना पिता स्व. सुवेदार लालबहादुर वनेम फागो र माता स्व. टीकादेवी जबेगु फागोको स्मृतिमा प्रायोजन गरेका हुन् ।

त्यसैगरी महिला समूहतर्फ प्रथम नगद पुरस्कार ५० हजार रुपैयाँ युकेवासी शान्ति जबेगु चेम्जोङ र कविता चेम्जोङ फागो दमक झापाबाट प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार नगद ३० हजार रुपैयाँ मलेसियाबाट नरेश वनेम फागोले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगिता पुस ७ देखि सुरु भइ १३ गते फाइनल भएको थियो । युनाइटेड फुल्पाले सन्दकपुर एफसीलाई २-१ ले हराउँदै तेस्रो चासोक तङ्नाम कप उचाल्न सफल भएको थियो । त्यसैगरी महिला समूहको फाइनल खेलमा वनेम स्टारले पारुहाङ एफसीलाई १-० गोल गरेर विजय हासिल गरेको थियो ।

पुरुषतर्फ विजेता टिम युनाइटेड फुल्पालाई तेस्रो चासोक तङ्नाम कप नगद १ लाख ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र बेलायतबाट आएकी अतिथि प्रायोजक पुनम वनेम नेम्बाङले हस्तान्तरण गरेकी थिइन् भने दोस्रो पुरस्कार नगद ७५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रायोजक बालकृष्ण वनेमको हातबाट प्रदान गरिएको थियो ।

त्यसैगरी महिला समूह विजेता टिमलाई अध्यक्ष सन्तसिं वनेम फागोबाट पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टिमलाई प्रायोजक मलेसियाबाट नरेश वनेम फागोबाट पुरस्कार दिइएको थियो ।

फिदिम १४ वासुमस्थित काङ्सोरे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ८ टिमले भाग लिएका थिए ।

चासोक तङ्नामलाई भव्य रुपमा सफल पार्नका लागि पुस १० गते बृहत् सांस्कृतिक कार्यक्रम पनि भएको थियो । राष्ट्रिय गायिका मेचु धिमाल, चर्चित गायक प्रताप दास, स्थानीय कलाकार गायक बालकृष्ण वनेम र गायक नरेश वनेम फागोलगायतले विभिन्न राष्ट्रिय गीत, देशभक्ति, कल्चरल गीत गाएर मेलामा रौनक थपिदिएका थिए ।

सन्तसिं वनेम फागोको अध्यक्षतामा भएको फुटबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम सचिव डम्बर वनेम फागोले सञ्चालन गरेका थिए ।

वडाध्यक्ष भीम वनेम, पुनम वनेम नेम्बाङ, जीवन वनेम फागो र भूपेन्द्र वनेम फागोको सक्रियतामा सामाजिक सञ्जाल समूह खडा गरी वासुममा जन्म भई विभिन्न देशमा पेसा/व्यवसाय गरी बसेका वनेमहरुबाट करिब ७० लाख रुपैयाँ संकलन गरी काङसोरे खेल मैदान तयार गरिएको हो ।

काङसोरे खेल मैदान स्थापना गर्नका लागि जग्गा खरिद गर्नलाई केही वर्षअघि रकम संकलन अभियानमा ब्रुनाइबाट युवराज वनेम फागो, मलेसियाबाट नरेश वनेम, अस्ट्रेलियाबाट जोग वनेम र सिर्जना वनेम, भारतबाट जीवन वनेम, हङकङबाट सुरेश वनेम, कोरियाबाट सालन वनेम, क्रोयसियाबाट हस्त वनेम र अमेरिकाबाट लक्ष्मण राई खटेका थिए ।

काङसोरे खेल मैदानमा भव्य चासोक तङनाम, फुटबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन भएको देख्न पाउँदा वासुम, फुलपावासी खुसीले गदगद देखिन्थे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!