मनोज बने दोस्रो एभरेस्ट आईडल

SHARE:

एटा संवाददाता
लन्डन । ई–मिडिया हव युकेद्वारा आयोजित एभरेस्ट आईडलको उपाधि मनोज गुरुङले जितेका छन् ।

बेलायतमा रहेका नेपाली संगीतप्रेमीहरुबीच भएको प्रस्तुतिमा उनी दोस्रो एभरेस्ट आईडल बन्न सफल भएका हुन् । गत शुक्रबार १७ अगस्टका बेलुकी अल्डरसटस्थित दि प्यालेसमा सम्पन्न सो प्रतियोगितामा रोस्ना गुरुङ दोस्रो र मिलन गुरुङ तेस्रो भए । विजेतामध्ये पहिलो हुनेले १२ सय पाउन्ड नगद प्राप्त गरेका छन् । त्यस्तै दोस्रो र तेस्रोले क्रमशः नगद ५ सय पाउन्ड र २ सय पाउन्ड प्राप्त गरे ।

नेपाली युवायुवतीहरुमा रहेको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ गत वर्षदेखि आयोजना गर्दै आएको कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु साथै बेलायतवासी नेपालीहरुको सहभागिता रहेको थियो । त्यस्तै, बेलायतमा हालै गठन भएको बाँसुरी चौतारीले समेत आफ्ना सांगीतिक कोसेली प्रस्तुत् गरेका थिए । कार्यक्रममा ब्रान्ड पार्टनर पिपल मर्गेजका प्रबन्ध निर्देशक सूर्य प्रकाशन गुरुङ, ब्रान्ड स्पोन्सर न्यू लक्ष्मी ज्वेलर्सका दिपेश लामा, ब्रान्ड स्पोन्सर पुनहिल ग्रोसरीका कुमार पुनलगायत अफिसियल स्पोन्सरहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा एभरेस्ट आइडल पहिलो सिजन बिजेताहरुको लागि निर्माण गरिएको एभरेस्ट आइडल एलबमको पनि विमोचन गरिएको थियो ।
पहिलो एभरेस्ट आइडल सोनाहाङ राई तथा उपविजेता दीपप्रकाश राईले एल्बमका केही गीतहरु प्रस्तुत् गरेका थिए । कार्यक्रममा हबका कार्यकारी अधिकृत ईश्वर चाम्लिङले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा वरिष्ठ गायिका शर्मिला बर्देवा, गायक तथा सङ्गीतकार बिसि राई र चर्चित गायक तारा लक्सम निर्णायक मण्डलमा रहेको सञ्चारकर्मी बिशन गुरुङले जानकारी दिए ।

एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यता र बरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दप्रसाद भट्टराईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमलाई हवका निर्देशकद्वय नवराज राई र किसन राईले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!