
लन्डन ५ फेब्रुअरी २०२४ । लिम्बु समुदायको इतिहासमा ब्रिटिस आर्मीमा बिजय सुब्बा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका छन् ।
ब्रिटिस आर्मी मेजरहरुको गत हप्ता बसेको प्रोमोसन बोर्डबाट मेजर बिजय सुब्बा लेफ्टिनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । ब्रिगेड अफ गोर्खाज् ब्रिगेड क्लर्कहरुबाट इतिहासमा सुब्बा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका छन् । उनी हाल एपीएसजी आर्मी हेर्डक्वाटरमा कार्यरत छन् । ब्रिटिस नागरिकलगायत जम्मा १० जना मेजरहरु लेफ्टिनेन्ट कर्णेलका लागि छनोट गर्दा गोर्खाली बिजय सुब्बा पनि परेका हुन् ।
उनले बेलायतमा सबै ब्रिटिस आर्मीका लागि SO 2 Assuance को अभिभारा लिएर G1 Assurance सम्हालिरहेका छन् । सुब्बा सन् २००९ मा क्याप्टेनमा कमिसनिङ भएका थिए ।
उनी स्व. मेजर (QGO) ऐतहाङ सुब्बा (QGE) र आशा सुब्बाको कान्छा छोरा हुन् । बिजय काठमाडौंबाट सन् १९९१ मा ८७ वाला क्लर्कसमा ब्रिगेड अफ गोर्खाज्मा भर्ती भएका हुन् ।
नख्खु ललितपुर निवासी बिजय हाल श्रीमती उर्सिला राई सुब्बासहित परिवार बेलायत बस्दै आएका छन् । उनका छोरा भिनीत सुब्बा रेडिङ युनिभर्सिटीमा फर्मेसलोजीमा अध्ययनरत रहेको एभरेस्ट टाइम्सलाई बताए ।






