लन्डन ५ फेब्रुअरी २०२४ । ओभरसीज नेप्लिज फोरम रिजनलको कमिटीले पूर्णता पाएको छ ।
फेब्रुअरी ४ मा बसेको कमिटीको बैठकले जोनी पहारी अध्यक्ष रहेको कमिटीलाई पूर्णता दिएको हो । कार्यसमितिको उपाध्यक्षमा यज्ञमूर्ति ढकाल, सचिव मोती खरेल, सहसचिव नवराज पोखरेल, कोषाध्यक्ष थरिन्द्र घिमिरे र सहकोषाध्यक्ष तुल्सीराम न्यौपाने छन् ।
सदस्यहरुमा दिपक भट्टराई, तिल रायमाझी, कबिन्द्र बस्याल, मेख लामा र महेश पाण्डे चयन भएका छन् ।
त्यसैगरी दिवाकर पाण्डेले छोडेर रिक्त भएको ठाउँमा विष्ण बराललाई सिफारिस गरिएको छ ।






