स्थगित भयो बेलायती मन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमण

SHARE:


लन्डन १२ फेब्रुअरी २०२४ । बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमण सरेको छ ।

सोमबार र मंगलबार हुने भनिएको भ्रमण केही दिनपछिलाई सरेको नेपाली दूतावास लन्डन स्रोतले जनाएको छ । मिचेल केही दिन बेलायतको संसद्मा व्यस्त हुनुपर्ने भएपछि भ्रमण पछि धकेलिएको हो । नयाँ मिति भने आइसकेको छैन ।

एक साता अघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी फर्केका थिए । भ्रमणको अवसरमा मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र बेलायत बीच सन् १९२३ को शान्ति तथा मैत्री शान्ति हस्ताक्षर भएको थियो । त्यसै अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु बढिरहेका छन् । बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले माघको तेस्रो साता नेपालको चार दिने भ्रमण गरि फर्केका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!