इन्टेक १९८३ को ३५औं वार्षिकोत्सव

SHARE:

होम किरात सुनुवार
लन्डन । १९८३ इन्टेकका नम्बरीहरूको वार्षिक भेटघाट तथा ३५ औं वर्षगाँठ विशेष समारोहबीच सम्पन्न भएको छ । अगस्ट १८ तारिख शनिबार Royal Military Academy Sandhurst (RMAS) संसारकै प्रख्यात Old Collage Hall मा नम्बरीहरूको वार्षिक भेटघाट तथा ३५ औं वर्षगाँठ भएको हो । कार्यक्रममा करिब साढे ४ सय जनाको उपस्थिति थियो । कार्यक्रम निर्धारित समयमा नै इन्टेकका सचिव ६६१५२ टंक मगरले सुरु गरेका थिए । भेन्यूका प्रबन्धक नम्बरी ६५९६१ भुवनी लिम्बूले आगलागी अथवा कुनै आपतकालीन अवस्था आएमा बच्ने उपाय र त्यहाँको स्थानबारे उपस्थित सबैलाई बताएका थिए ।
कार्यक्रमको प्रारम्भमा दिवांगत भएका १४ जना नम्बरीहरूको नाममा उपस्थितमध्यहरूबाट १४ जनाले श्रद्धाञ्जलि अर्पणस्वरूप १४ वटा बत्ती बाली उपस्थित सबैजनाबाट २ मिनट मौनधारण गरियो ।

इन्टेकका भाईस चियरपर्सन ६५७६५ नेम थापाको स्वागत मन्तव्यलगत्तै इन्टेकका चियरपर्सन ६६०४४ गोपाल गिरी र अन्य नम्बरीको सहयोगमा पानसमा दीप प्रज्ज्वलन गरी समारोहको शुभारम्भ नेपाल र बेलायत दुई देशका राष्ट्रिय गानबाट गरिएको थियो ।

अझ ३५औं वार्षिकोत्सवलाई अर्थपूर्ण तुल्याउन हरेक प्लाटुन र सिनियर जुनियर नम्बरका उपस्थित इन्टेक परिवारका नम्बरी नम्बरनी बहिनीहरूमध्येबाट ३५ जनाले एकैसाथ ३५ वटा क्याण्डलहरू प्रज्ज्वलन गरी ३५ वटा रंगीचंगी ध्वजापटका पड्काएर हर्षोल्लास मनाइयो । विभिन्न सुमधुर गीतहरुको रौनकताÞको साथमा सबैले स्टार्टर टिपनटापन भोजनमा मनोरञ्जन लिएको दृश्यबाट प्रस्टै बुझ्न, देख्न सकिन्थ्यो ।

३५औं वर्षगाँठको उपलक्ष्यमा इन्टेकले समाजसेवी तथा व्यवसायी उद्यमी नम्बरी ६६१९१ धन लिम्बू (रोगु)बाट स्मारिका विमोचन गराएको थियो । साथै स्मारिका प्रकाशन टिमका पाँचजना नम्बरीहरू ६६०४४ गोपाल गिरी, ६६१५२ टंक मगर, ६६१३० होम सुनुवार, ६६०६७ सर्वराज राई र ६६१२१ टीकाधन राईलाई एकसाथ मञ्चमा उपस्थित गराई धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रमको तालिकानुसार ग्रुप फोटोग्राफरको लागि सबैजना पुरानो कलेजको परेड ग्राउन्डमा भेला भएका थिए । पेन्टाक्स कम्पनीका प्रोफेसनल फोटोग्राफर टोलीले त्यहाँ ए र बी”दुई समूहमा फोटो लिन सिटिङ प्लान मिलाएका थिए । पहिलो ए समूहमा सबै नम्बरी र नम्बर्नी बहिनीहरू गरी ४२६ जनाको समूह भने दोस्रो बी”समूहमा मात्रै नम्बरीहरूको समूह बनाइएकोमा जम्मा २०३ जनाको संख्यामा फोटो खिचिएको थियो ।

दुईवटै समूहको फोटो खिच्न झण्डै दुई घण्टाको समय लागेको थियो । फोटो सेसनपछि जोडाजोडी पाइपरको साथमा हलभित्र री–इन्ट्री भएपछि विशेष भोज सुरू गरिएको थियो । भोजको साथमा इन्टेक परिवारभित्रका स्थानीय कलाकारहरू क्रमशः नम्बरी ६५८१४ सुक गुरुङ र ६६१८५ नम्बरीको श्रीमती नम्बर्नी बहिनी देशु गोलेका सुमधुर गायनका रौनकताले निकै मनोरञ्जन लिएका थिए भने झनै राष्ट्रिय कलाकारहरू दीपक लिम्बू र मीना लामाका गायनमा सबै नाचेका थिए । विशेष भोजपश्चात् चियरपर्सन ६६०४४ गोपाल गिरी र ६५८२६ कुसाङ गुरुङद्वारा ३५औं एनिभर्सरी केक काटिएको थियो ।

अन्तमा, राफल चिट्ठाको कार्यक्रमसँगै विजेताहरूलाई पुरस्कार वितरणको साथै कलाकारलगायत समारोहमा सहभागी भई साथसहयोग दिने नानी, भाञ्जाभाञ्जीहरूलाई क्रमशः पुष्प गुच्छा र ससम्मान केही नगद पुरस्कार दिई कार्यक्रम समापन
गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!