सकियो दसौं नेपाली मेला, ‘एम्बासेडर कप’ फेरि लमजुङ समाज युकेलाई

SHARE:

एटा संवाददाता
क्याम्पटन पार्क, लन्डन । नेपाली समुदाय बेलायतमा बहुचर्चित नेपाली मेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तस्बिरहरु : मिलन तमु

नेपाली भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित गत २६ अगस्ट आइतबारका दिन लन्डनस्थित क्याम्पटन पार्कमा सम्पन्न भएको हो । तमुधिं युकेको आयोजनामा सन् २००९ देखि आयोजना गरिँदै आएको मेलाको मुख्य आकर्षणको रुपमा रहेको एम्बासेडर कप यसपटक पनि लमजुङ समाज युकेले हात पारेको छ ।

सन् २०१६, २०१७ र २०१८ गरी ३ पटक लगातार लमजुङ समाज युकेले उत्कृष्ट झाँकी तथा नृत्य प्रदर्शन गरी एम्बासेडर कप लैजान सफल भएको हो । त्यस्तै, सिक्लेस पार्चे कम्युनिटी युकेले दोस्रो र घान्द्रुक समाज युकेले तेस्रो उपाधि हात पारेका छन् ।

मेलाको अर्को आकर्षण रहेको नृत्य तर्फको पहिलो उपाधि भने घान्द्रुक समाज युकेले जितेको छ । त्यस्तै लमजुङ समाज युकेले दोस्रो र सिक्लेस पार्चे कम्युनिटी युकेले तेस्रो उपाधि प्राप्त गरेका छन् । उत्कृष्ट लमजुङलाई ‘एम्बासेडर कप’ र गत वर्षदेखि एनआरएनए युकेद्वारा प्रदान गर्दै आएको ‘एनआरएनए युके कप’, मेडल, प्रमाणपत्र र ११ सय नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

त्यस्तै, उपविजेता अर्थात् दोस्रो स्थान प्राप्त गर्ने सिक्लेस पार्चे कम्युनिटी युकेलाई ७ सय पाउन्ड र तेस्रो स्थानमा आउन सफल घान्द्रुक समाज युकेलाई ५ सय पाउन्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । नृत्यतर्फ उत्कृष्ट घान्द्रुक समाज युकेलाई ५०० पाउन्ड, दोस्रो भएका लमजुङ समाज युकेलाई ४०० पाउन्ड र तेस्रो स्थान आउन सफल सिक्लेस पार्चे कम्युनिटी युकेलाई ३०० पाउन्ड नगद प्रदान गरिएको थियो ।
आयोजक तमुधिं युकेले सहभागी संघसंस्थाहरुलाई हौसला प्रदान गर्नका लागि झाँकीतर्फ किरात याक्थुङ युके, पासा पुच गुठी युके र चार भञ्ज्याङ्ग तमु समाजलाई सान्त्वनास्वरुप २००/२०० पाउन्ड नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, नृत्यतर्फ किरात याक्थुङ युके र पासा पुच गुठी युकेलाई २००/२०० पाउन्ड नगद र प्रमाणपत्र प्रदान गरियो । सो पुरस्कारको विभिन्न व्यक्ति, उद्यमी र व्यापारीहरुले प्रायोजन गरेका थिए ।

सो अवसरमा उत्कृष्ट बन्न सफल लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङले एम्बासेडर कपबापत प्राप्त नगद पुरस्कार तमुधिं युकेको च्यारिटी प्रयोजनका लागि तमुधिं. युकेका अध्यक्ष ज्ञाम गुरुङलाई हस्तान्तरण गरे । दर्शकहरुले प्रवेशद्वारमा लिएको टिकटको आधारमा उडाइएको चिट्ठाको प्रथम पुरस्कार विजेतालाई ट्राभल कन्सुलले लन्डन–काठमाडौं–लन्डनको हवाई टिकट पुरस्कारबापत प्रदान गरेको थियो ।

मौसम प्रतिकूल रहे तापनि बेलायतमा क्रियाशील २६ वटा संघसंस्थाले झाँकी तथा नृत्य प्रदर्शनमा आ–आफ्नो जातीय र भेगीय संस्कृतिमा आधारित मौलिक कला प्रस्तुत् गरेका थिए । त्यस्तै, नेपाली युवायुवतीहरुको ढुकढुकी अर्थात् दाजुभाइ व्याण्डको समेत विशेष प्रस्तुति रहेको थियो ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला संयोजक एवं तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङले, नेपाली मेला स्वयम् एउटा मिनि नेपाल हो भन्दै यसले नेपाली भाषा, सभ्यता कला र संस्कृतिलाई लगातार दसवर्षसम्म प्रदर्शन गर्न सफल भएका जिकिर गरे ।

उनले मेलाले गर्दा नेपाली संस्कार संस्कृति र कलाको संरक्षण तथा सम्वद्र्धन भएको र युवापिढीलाई आफ्नो पहिचानको बारेमा सचेत हुने अवसर प्राप्त भएको जनाए । त्यस्तै, उनले नेपाली मेला बेलायतमा रहेका नेपाली दूतावास लन्डनको साथ र सहयोग, नेपाली संघसंस्थाहरुको सहकार्य र हौसलाकै सफल भएको बताउँदै मेलालाई सहयोग गर्ने उद्यमी, व्यापारी, प्रायोजक, निर्णायक मण्डल, आमा समूह, गायक, कलाकार, बुद्धिजीवी, पत्रकार, मेला तयारी समितिलगायत उपस्थित दर्शकहरुलाई धन्यवाद दिए ।

कार्यक्रमलाई प्रमुख अतिथि एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथि एवं एनआरएनए युकेका उपाध्यक्ष कुल आचार्य, तमुधिं युकेका पूर्वअध्यक्षहरु, मेला संयोजक एवं उपाध्यक्ष हित काजी गुरुङले संयुक्त रुपमा रिबन काटी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाली मेला आयोजना गरिएको दस वर्ष पुगेको अवसरमा दसौं वार्षिकोत्सव केकसमेत काटिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदीले नेपाली राजदूतावास लन्डन र नेपाल सरकारको तर्फबाट नेपाली मेला आयोजक तमुधिं युकेलाई हार्दिक आभारसहित बधाई ज्ञापन गरे । उनले बेलायतमा नेपाली मेलाले १० वर्ष पूरा गरेको छ भन्दै ‘नेपाली मेला बेलायतको नेपाली समाजको इतिहास, अभिन्न अंग र पर्व’ भइसकेको बताए । साथै, उनले ‘नेपाली मेला नेपाली समाज बेलायतमा संस्कृतिको रुपमा परिचय र प्रति स्थापित भइसकेको छ, संस्कृति भइसकेको छ र नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको वार्षिक क्यालेण्डरको अभिन्न मिति भइसकेको छ’ भने ।
त्यस्तै, नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारी र तमुधिं युकेका संरक्षक एवं एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष शेष घलेले नेपाली मेलाको पूर्ण सफलताको कामनासहित भिडियोमार्फत शुभकामना सन्देश
दिएका थिए ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले मेलाको समापन गर्दै प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, दर्शक, कलाकार, पत्रकार, झाँकी तथा नृत्यमा सहभागी विभिन्न संघसंस्था र सिंङ्गो कार्यसमितिप्रति धन्यवाद दिँदै मेलामा उत्कृष्ट बन्न सफल संघसंस्थालाई बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागी साउथ इस्ट रिजनल तमुधिं इकाई, तमु प्ये ल्हु संघ युके, पुन समाज युके, लमजुङ समाज युके, तामाङ सोसाईटी युके, पशुपतिनाथ मन्दिर प्लमस्टिड, सोंपाल समाज युके, तामाङ समाज युके, सिक्लेस पार्चे कम्युनिटी युके, पासा पुचः गुठी युके, गोर्खाली समाज युके, घान्द्रुक समाज युके, चार भन्ज्याङ्ग तमु समाज, रेडिङ तमु समाज युके, बुद्ध फाउन्डेशन युके, तनहुँ समाज युके, कोल्मा बाहाकोट समाज युके, किरात राई यायोक्खा युके, तमुधिं लन्डन इकाई, किरात याक्थुङ चुम्लुङ, तमुधिं ओकिङ्ग इकाई, तमुधिं केन्ट इकाई, ग्रीनवीच गोर्खाज एक्स सर्भिसमेन एसोसिएसन, हेबन्ली पथ युके, बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) र यती एशोसिएसन युकेका प्रतिनिधिहरुले आ–आफ्ना संस्थाको उद्देश्यसहित परिचय दिएका थिए ।

तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङको संयोजन र महासचिव कृष्णप्रसाद गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा तमुधिं युकेको आयोजनामा गत १४ अप्रिलदेखि २१ अप्रिल २०१८ सम्म गरिएको गुरुङहरुको ऐतिहासिक थलो क्होलासोंथार भ्रमणका सहभागीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

मेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तमुधिं युके आमा समूहले प्रवेशद्वारमा विशेष भूमिका खेलेका थिए भने सिंगो कार्यसमिति, युवा, आजीवन सदस्य, सल्लाहकारहरुले आ–आफ्नो जिम्मेवारी निभाएका थिए ।

कार्यक्रममा अतिप्रसाद पुन, नरेश खपाङ्गी मगर, तारा गुरुङ, सनमकुमार बैराग र उत्तरमान तिगेला झाँकी तथा नृत्यको निर्णायक भूमिकामा रहेका थिए भने सूर्य गुरुङ, सिर्जना गुरुङ, पुनम गुरुङ, युनिल गुरुङ र योगेश गुरुङले उद्घोषण गरेका थिए

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!