उपसभामुख रानामगरको भ्रमण स्थगित हुँदा बेलायतमा चार मुख्य औपचारिक कार्यक्रम रद्द

SHARE:


लन्डन १ मार्च २०२४ । नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्वनिर्धारित बेलायत भ्रमण स्थगित हुँदा चार मुख्य औपचारिक कार्यक्रम रद्द भएको छ ।

एनआरएनए युकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिजा’ का कारण अन्तिम समयमा स्थगित भएपछि बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुख लगायत नेतासँग भेटघाट रद्द भएको हो ।

पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो । उनको ७ जना बेलायती सांसदसँग ननिङटनमा च्यारिटी डिनर पनि तय भएको थियो । विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्ने समेत जनाएका थिए ।

उपसभामुख रानामगर एनआरएनए युकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो । त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए युकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो ।

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए । गाहामगरले उपसभामुख रानामगरले छिट्टै अर्को कार्यक्रममा सहभागी हुने वचन दिएको पनि बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!