तमु प्ये ल्हु संघको अध्यक्षमा ओमबहादुर

SHARE:

पोखरा १ मार्च २०२४ ।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर थिम्जे तमु निर्वाचित भएका छन् ।

पोखरास्थित केन्द्रीय कार्यालय परिसरमा बिहीबार सम्पन्न ३१ औं साधारणसभा तथा छैटौं अधिवेशनले ओमबहादुरलाई अध्यक्षमा निर्वाचित गरेको हो । कास्की माछापुच्छ्रे गाउँपालिका ५ मर्दीखोला हुम्दी डाँडागाउँका ओमबहादुरले सहकोषाध्यक्ष, कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तैगरी नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा एकाजङ्ग प्ल्हे तमु, गण्डकी प्रदेश उपाध्य्क्षमा महेन्द्रजंग तमु, कोशी प्रदेश उपाध्यक्षमा धर्मराज प्हच्यु तमु, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम तमु, कर्णाली प्रदेश उपाध्यक्षमा रामबहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्षमा सुबेदार देवीबहादुर तमु, महासचिवमा हर्क तमु, उपमहासचिवमा अर्जुन तमु, सहमहासचिवमा ईन्द्रकुमारी तमु, सचिवमा बमबहादुर तमु, कोषाध्यक्षमा मन्जु तमु, सहकोषाध्यक्षमा शेखर ल्हेगे तमु निर्वाचित भएका छन् ।

सदस्यहरुमा जमुना तमु, देवकुमार तमु, मोमप्रसाद तमु, कुलप्रसाद तमु, लालजित तमु, सोमराज तमु, छत्र तमु, दिलबहादुर तमु, रमा तमु, लोककृष्ण तमु, माया तमु, बन्दना तमु, तिलप्रसाद तमु, पुष्प कला तमु, अमर तमु, क्या। भिमबहादुर तमु निर्वाचित भएका हुन् ।

यसअघि तमु प्ये ल्हु संघ केन्द्रको अध्यक्षमा हितकाजी टु क्ल्हेप्री तमु रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!