परिचय: क्याप्टेन डेम बहादुर गुरुङ

SHARE:

प्रस्तुति – चिम्खोले काईला – बेलायत

तमु प्ये ल्हु संघ युकेको सातौँ अधिवेशनबाट समाजसेवी क्याप्टेन डेम बहादुर गुरुङ (यॊज तमु) अध्यक्षमा सर्वसम्मतद्वारा निर्वाचित भएका छन् । नेपाली समाजमा तथा गोर्खा ब्रिगेडको परिवारमा, अध्यक्ष तथा क्याप्टेन गुरुङ एक इमान्दारी, बफादारी, कर्तव्यनिष्ठ, अनुशासित समाजसेवी तथा कुशल ब्याबसायिको रुपमा परिचित छन।

क्याप्टेन गुरुङको जन्म पिता जमदार जस बहादुर गुरुङ र माता धनमाया गुरुङको कोखबाट कान्छा छोराको रुपमा पर्बत जिल्ला, महाशिला गाउँपालिका २, भोकसिङ देउरालीमा भएको थियो। उनको बाल्यकाल आफ्नै गाउँ भोकसिङ देउरालीमा बितेको थियो भने प्राराम्भिक शिक्षा पनि भोकसिङ माध्यामिक बिद्यालयबाट शुरु गरेका थिए । बसाइ सराइकोक्रममा क्याप्टेन गुरुङले प्रवेशिका परिक्षा भने चितवन भरतपुरको चितवन माध्यामिक बिद्यालयबाट उतिर्ण गरेका थिए।

प्रवेशिका परिक्षा उतिर्ण गरे पश्च्यात क्याप्टेन गुरुङ आफ्नो बाबाको पाइला पछ्याउदै सन् १९६९ सालमा भैरहवास्थित पक्लिहवाको ब्रिटिश क्याममा ब्रिटिश आर्मीमा आबद्ध भएका थिए। उनले मलेशियाको सुंगाई पटानीमा ब्रिटिश आर्मीको आधारभूत तालिम लिएका थिए। आधारभूत तालिम लिएपछि उनि हंगकंगको गलिपोली लाइन्सस्थित ६ गोर्खा राईफल्सको डेल्टा (डि) कम्पनिमा आबद्ध भएका थिए।

६ गोर्खा राइफल्सको डि कम्पनिमा कार्यरत रहदा क्याप्टेन गुरुङले जुनियर नन कमिसन अफिसर (जुनियर एनसियो) सिनियर नन कमिसन अफिसर (सिनियर एनसियो) ले गर्नु पर्ने सम्पूर्ण तालिमहरु उच्च श्रेणीमा उतिर्ण गरेका थिए। उनी डि कम्पनिमा कार्यरत रहदा जवान, सेक्सन सेकेन्ड इन कमाण्ड (टुआइसी) सेक्सन कमान्डर, प्लाटुन सारजन, कम्पनि क्वाटर मास्टर सारजन, कम्पनि सारजन मेजर पद जस्तो जिम्मेवारी पदहरुमा रहेर महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए।

उनि बास्केटबल, भलिवल, फुटबल, स्विमिङ र दौड जस्ता खेलहरु बटालियन टिमका एक होनाहार खेलाडी थिए भने एथलेटिक खेलका बिभिन्न खेलहरु ६ गोर्खा राइफल्सको तर्फबाट ब्रिटिश आर्मीको ल्याण्ड फोर्सेस टिममा प्रतिनिधित्व गर्दथे। क्याप्टेन गुरुङले पोलजम खेलमा ल्याण्ड फोर्सेसमा रेकोर्ड नै राखेका छन ।

क्याप्टेन डेम बहादुर गुरुङ ६ गोर्खा राईफल्समा कार्यरत रहदा उनलाई बटालियनका अफिसरहरुले माया गर्दथे भने सिनियर एनसियो, जुनियर एनसियो र जवानहरुले सम्मान गर्दथे। उनि सबैको लागि सम्मानित व्यक्ति थिए भने उनले पनि बटालियनमा कार्यरत अफिसर, सिनियर एनसियो, जुनियर एनसियो र जवानहरुलाई समानान्तर रुले उच्च सम्मान र माया गर्दथे।

क्याप्टेन गुरुङको इमान्दारीता, बफादारीता, कर्तव्यनिष्ठ र अनुशासनलाई उच्च सम्मान तथा कदर गर्दै ६ गोर्खा राईफल्सले उनलाई सन् १९८७ सालमा कमिसन तथा लेप्टेनेण्ट पदमा पदोन्नति गरेको थियो। कमिसन पदमा पदोन्नति भए पश्च्यात क्याप्टेन गुरुङ ६ गोर्खा राइफल्सको डि कम्पनिबाट बि कम्पनीमा सरुवा भएका थिए। बि कम्पनीमा प्लाटुन कमान्डर र टुआइसीको अभिभारा सम्हाल्दै सन् १९९२ सालमा अवकाश प्राप्त गरेका थिए।

ब्रिटिश आर्मीबाट अवकाश प्राप्तपछि क्याप्टेन डेम बहादुर गुरुङले काठमान्डौमा ट्राभल एजेन्सी र मेन पावर कम्पनिको ब्यबसाय संचालन गरेका थिए। जुन ब्यबसायबाट भुतपुर्बक गोर्खा र उनका परिवारहरुलाई रोजगार दिनमा सक्रिय भूमिका खेलेको थियो। उनको कम्पनिहरु ट्राभल एजेन्सी र मेन पावरलाई काठमाण्डौस्थित ब्रिटिश क्याम्पद्वारा मान्यता प्राप्त रहेको थियो। त्यस्तै बेलायतमा उनले सन् २००९ साल देखि २०२१ सम्म सेकुरिटी कम्पनि संचालन गरेका थिए। जुन सेकुरिटी कम्पनीले भुतपुर्बक गोर्खा र उनका परिवारलगायत धेरै बेलायतवासी नेपालीहरुलाई रोजगारलगायत निशुल्क तालिम दिलाएको थियो।

क्याप्टेन डेम बहादुर गुरुङ उनका धर्मपत्नी चन्द्रसुवा गुरुङ र छोरीहरु इन्जिनियर धनरुपा गुरुङ, डा. मुना गुरुङ, यम कुमारी गुरुङ, लछिमी गुरुङ, ज्वाई आनन्द गुरुङ, नाती आशिर गुरुङ, नातिनी आस्ना गुरुङ र छोरी संजु गुरुङसंग बेलायतको रेडिङ शहरमा बसोबास गर्दै आएका छन। फुर्सदको समयमा समाजसेवा गर्नु, जिमखाना जानु, स्विमिङ गर्नु र श्रीमती चन्द्रसुवा गुरुङलाई लिएर देश बिदेशोको भ्रमण गर्नु रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!