तमु धिं नेपालले गर्यो बेलायतमा सक्रिय संस्थाका प्रमुख र समाजसेवीलाई स्वागत

SHARE:

पोखरा १२ मार्च २०२४ ।

बिदेशमा रही तमु समुदायको संस्थागत अगुवाई गरेका व्यक्तित्वहरुलाई तमु धिं नेपालले सोमबार स्वागत एवम् बधाई ज्ञापन गरेको छ ।

घर बिदामा आएका नवनिर्वाचित स्याङ्जा समाज युकेका अध्यक्ष, तमु धीं युके लण्डन इकाइ अध्यक्ष, सोंपाल समाज युकेका महासचिव भरत गुरुङ, उनको धर्मपत्नी सिर्जना गुरुङ, कोल्मा बहाकोट तमु समाज युकेका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर गुरुङ र उनको धर्मपत्नी, क्वोंने (घोतानेरघोण्डे)गुरुङ (तमु) समाज युकेका पुनस् निर्वाचित अध्यक्ष क्या.पिताम्बर गुरुङ, युके निवासी समाजसेवी कविता गुरुङ लगायतलाई स्वागत एवम् बधाई ज्ञापन गरिएको हो । त्यसक्रममा गुरुङ (तमु)समाज मकाउका पुनस् निर्वाचित अध्यक्ष लिलबहादुर गुरुङ (गोरा) पनि सहभागी थिए ।

उनहरुलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिंमा आयोजित कार्यक्रममा खादा, भाङ्रा, फेटा, घलेकले स्वागत एवम् बधाई ज्ञापन गरेका हुन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कास्कीको विशेष अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तमु धिं नेपालका कोषाध्यक्ष गमबहादुर गुरुङ, सदस्यमा निर्वाचित सु। जसबहादुर गुरुङ, सदस्यमा निर्वाचित एवम् ८ मार्चमा पोखरा महानगरपालिकाबाट सफल उधमी तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङलाई बधाई ज्ञापन गरिएको थियो । पाहुनाहरुलाई तमु गुरुङ कलाकार संघ गण्डकीको तर्फबाट अध्यक्ष सुरेन्द्र गुरुङले खादाबाट स्वागत सम्मान गरेका थिए ।

कार्यक्रममा तमु धिं नेपालका केन्द्रीय समिति, क्षेत्रीय तमु समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको विशेष सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन तमु धिं नेपालका संरक्षक परिषद् सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले गरेका थिए ।

कार्यक्रममा स्याङ्जा समाज युकेका अध्यक्ष, तमु धिं युके लण्डन इकाइ अध्यक्ष, सोंपाल समाज युकेका महासचिव भरत गुरुङले तमु धिंको स्वागत सम्मान आफूहरु गौरवान्वित भएको भन्दै तमुहरु स्वदेश विदेश जहाँ रहे पनि एकापसमा समन्वय गरी अघि बढ्नुपर्ने बताए । यसरी नै क्वोंने (घोतानेरघोण्डे) गुरुङ (तमु) समाज युकेका पुनस् निर्वाचित अध्यक्ष क्या।पिताम्बर गुरुङले नेपाल आउँदा हरेक पटक तमु धिंको स्वागत सम्मानले थप हौसला हुने बताए । गुरुङ (तमु)समाज मकाउका पुनस् निर्वाचित अध्यक्ष लिलबहादुर गुरुङ (गोरा)ले स्वागत सम्मानका लागि धन्यवाद दिँदै आगमी दिनमा तमु समाज मकाउले तमु धिं नेपालसँग सहकार्य समन्वय गरी अघि बढ्ने बताए ।

यसैबीच समाजसेवीहरु भरत गुरुङ र चन्द्रबहादुर गुरुङले तमु धिं नेपाललाई एकरएक लाख प्रदान गर्दै संरक्षकको सम्मान ग्रहण गरेका थिए । सभाध्यक्ष तमु धिं नेपालका अध्यक्ष तमुले धन्यवाद मन्तव्य, प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत मन्तव्य र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!