नेपालका परराष्ट्रमन्त्री श्रेष्ठसँग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, नागरिकताबारे छलफल

SHARE:

लन्डन १८ मार्च २०२४ । हाल नेपालमा रहेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि ज्ञापन पत्र बुझाएका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटमा गाहामगरले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट मन्त्रिस्तरीय सहभागिताका लागिपनि अनुरोध गरेका छन् । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतसमक्ष गोर्खा माग सम्बन्धमा जति सशक्त रुपमा अडान राख्नु पर्ने हो त्यो नहुँदा भूतपूर्व गोर्खा दाजुभाईहरुमा निकै नैराश्यता छाएको दाबी गर्दै गाहामगरले आफ्नो अनुरोधलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन् ।

ज्ञापनमार्फत गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुलाई सधैंकालागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न गैरआवासीय नेपाली संघ यूकेले माग गरेको छ ।

नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको स्मरण गराइरहनु परेन, ज्ञापनपत्रमा भनिएको छ, तर, नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता गरेको छैन । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मुल मर्मलाई सम्बोधन गरेको छैन ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन संघले माग गरेको छ ।

ब्रिटिस गोर्खाहरु सन् १९४७ मा नेपालले गरेको सन्धि अनुसार नै बेलायत, सिंगापुर र हङकङमा सेवा गर्न गएको तथ्य स्मरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापनमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेकाले त्यसलाई कायम गर्न माग गरिएको छ । तसर्थ गोर्खा सैनिक तथा उनीहरुको परिवार तथा विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न, गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूके नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

एनआरएनए यूकेले एकमात्र एजेण्डा ‘वंशजको नेपाली नागरिकताको निरन्तरता’ बोकेर अगाडि बढेको विषय स्मरण गराउंदै नेपाल सरकारले वंशजको नेपाली नागरिकताको निरन्तरताको मागलाई वेवास्ता गरेमा वंशजका नेपाली नागरिक तथा उनीहरुका सन्ततिको अधिकार रक्षाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रचनात्मक तथा दबावमुलक आन्दोलन गर्न एनआरएनए यूके वाध्य हुने चेतावनी पनि ज्ञापनमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!