काठमाडौं २० मार्च २०२४ ।

संस्कृति, पर्यटन तथा नगारिक उड्ययन मन्त्रालयले विभिन्न देशमा नियुक्त गरेको पर्यटन प्रवर्द्धकहरले नियुक्तिपत्र बुझिरहेका छन् । बेलायतको ह्याम्पसायर काउन्टीका लागि पर्यटक प्रवर्द्धकमा नियुक्त काउन्सिलर धनबहादुर सार्कीले बुधबार पर्यटन मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्री हितबहादुर तामाङबाट नियुक्तिपत्र बुझेका छन् ।
फागुन १३ गते पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यविधि २०७९ को दफा ३ बमोजिम मन्त्रीस्तरीय निर्णय गरेर २९ जना प्रवर्द्धकहरु नियुक्ति गरिएको थियो । नवनियुक्त पर्यटन दूतहरुले नियुक्ति पत्र लिँदै नेपालमा पर्यटनको प्रचूर सम्भावना रहेकोले यसको प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाएका थिए ।
लामो समयदेखी बेलायतमा काम गरिरहेका काउन्सिलर सार्कीले सरकारलाई धन्यवाद दिँदै पर्यटन प्रवर्द्धन र वैदेशिक लगानी भित्र्याउन आफ्नो कार्यकाल महत्वपूर्ण हुने बताए । उनले एनआरएनएहरुलाई नेपालमा लगानी गर्न उचित वातावरण बनाउनसमेत सरकारसमक्ष माग गरेका छन् ।






